default_image

3 years ago

June 3, 2021

ताइपेइविरुद्ध आक्रमणमा दुई परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तथा एसिया कप छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा चाइनिज ताइपेइको सामना गर्ने नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । प्रशिक्षक अलमुताइरीले इराकविरुद्ध खेलबाट आक्रमणमा दुई परिवर्तन गरेका छन् । नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल र आशिष लामाले टोलीमा स्थान बनाएका छन् । पछिल्लो खेलमा मनिषले डेब्यु […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तथा एसिया कप छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा चाइनिज ताइपेइको सामना गर्ने नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।

प्रशिक्षक अलमुताइरीले इराकविरुद्ध खेलबाट आक्रमणमा दुई परिवर्तन गरेका छन् । नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल र आशिष लामाले टोलीमा स्थान बनाएका छन् । पछिल्लो खेलमा मनिषले डेब्यु गर्दै गोल गरेका थिए । तर चोटका कारण उनले दोस्रो हाफमा मैदान प्रवेश गरेका थिएनन् । उनको स्थानमा मैदान प्रवेश गरेका सुनिलले आज अवसर पाएका छन् । त्यस्तै नवयुगको स्थानमा आशिषले सुरुवात गर्दैछन् ।

गोलरक्षक किरणका लागि पछिल्लो खेल बिर्सनलायक रहेपनि उनले नै टोलीको नेतृत्व गर्नेछन् । सेन्टर डिफेन्समा रोहित चन्द र अनन्त तामाङकै जोडीले निरन्तरता पाएको छ ।

लेफ्ट ब्याकमा सुमन अर्याल तथा  राइट ब्याकमा गौतम श्रेष्ठले दीनेश राजवंशीभन्दा अघि रहेर सुरुवात गरेका छन् । मिडफिल्डमा पुजन उपरकोटीसँग सन्तोष तामाङ र सुमन लामाले खेल्नेछन् । आक्रमणमा अन्जन विष्टलाई आशिष र सुनिल बलले साथ दिनेछन् ।

यो पनि पढ्नुहोस : नेपाल विरुद्ध चाइनिज ताइपेइ : सम्पूर्ण जानकारी

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.