default_image

3 years ago

June 4, 2021

अर्जेन्टिना चिलीसँग रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी विश्वकप छनोटको पाँचौ चरणको अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । सुरुवाती अग्रतालाई जोगाउन नसक्दा अर्जेन्टिनाले चिलीसँग १–१ गोलको बराबरी खेलेको हो । अर्जेन्टिनामा शुक्रबार बिहान भएको खेलमा घरेलु टोलीका लागि कप्तान लियोनेल मेस्सीले गोल गर्दा चिलीका लागि एलेक्सिस साञ्चेजले बराबरी गोल फर्काएका थिए । दुवै […]

50 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी विश्वकप छनोटको पाँचौ चरणको अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । सुरुवाती अग्रतालाई जोगाउन नसक्दा अर्जेन्टिनाले चिलीसँग १–१ गोलको बराबरी खेलेको हो ।

अर्जेन्टिनामा शुक्रबार बिहान भएको खेलमा घरेलु टोलीका लागि कप्तान लियोनेल मेस्सीले गोल गर्दा चिलीका लागि एलेक्सिस साञ्चेजले बराबरी गोल फर्काएका थिए । दुवै गोल पहिलो हाफमा भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको २४औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । पेनाल्टी बक्समा लोउटारो मार्टिनेजलाई गुइलेर्माे मारिपानले फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै अर्जेन्टिनालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा मेस्सी चुकेनन् । तर अर्जेन्टिनाको त्यो अग्रता लामो समय टिकेन ।

३६औं मिनेटमा साञ्चेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । एरानगुइजको लामो फ्रिकिकमा गारी मेडेलले उपलब्ध गराएको पासमा अनमार्क रहेका उनले सहजै गोल गरेको थिए । दोस्रो हाफमा दुवै टोलीबाट गोलको प्रयास भएपनि सफल हुन नसक्दा खेल बराबरीमा टुंगियो ।

यो बराबरीपछि अर्जेन्टिना ५ खेलबाट ११ अंक जोडेर दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको ब्राजिलको ४ खेलबाट १२ अंक छ । चिली ५ खेलबाट ५ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

यस्तै विश्वकप छनोटकै खेलमा बोलिभियाले भेनेजुएलालाई ३–१ ले पराजित गरेको छ । बोलिभियाको जितमा मार्सेलो मोरेनाले दुई तथा डिएगो इवानेजले एक गोल गरे । भेनेजुएलाका जोन चान्सेलरले एक गोल फर्काए ।

छनोटमा पहिलो जित निकालेको बोलिभिया ५ खेलबाट ४ अंक जोडेर आठौं स्थानमा उक्लदा पराजित भेनेजुएला ३ अंकसहित नवौं स्थानमा छ ।

यस्तै उरुग्वे र पाराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीसँगै पाराग्वे ५ खेलबाट ७ अंक जोडेर चौथो स्थानमा रहँदा समान ७ अंक नै रहेपनि उरुग्वे गोल अन्तरमा पाँचौ स्थानमा रहेको छ ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.