default_image

3 years ago

June 4, 2021

कोलम्वियाको सानदार जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी विश्वकप छनोटको पाँचौ चरणको खेलमा कोलम्वियाले सानदार जित दर्ता गरेको छ । शुक्रबार बिहान पेरुमा भएको खेलमा कोलम्वियाले घरेल टोलीलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । कोलम्वियाको जितमा यारी मिना, माटेअस युरिवे र लुइस डियाजले गोल गरे । ४०औं मिनेटमा यारी मिनाले डुभान जापटाको […]

52 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी विश्वकप छनोटको पाँचौ चरणको खेलमा कोलम्वियाले सानदार जित दर्ता गरेको छ ।

शुक्रबार बिहान पेरुमा भएको खेलमा कोलम्वियाले घरेल टोलीलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । कोलम्वियाको जितमा यारी मिना, माटेअस युरिवे र लुइस डियाजले गोल गरे । ४०औं मिनेटमा यारी मिनाले डुभान जापटाको पासमा गोल गर्दै कोलम्वियालाई १–० को अग्रता दिलाएका थिए ।

४५औं मिनेटमा मिगुइल ट्राउको दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि घरेलु टोली पेरु १० खेलाडीमा समेटिएको थियो । ४९औं मिनेटमा माटेअसले गोल गर्दै कोलम्वियाको अग्रता दोब्बर पारे । उनले जोन मेडिनाको पासमा गोल गरेका थिए । ५५औं मिनेटमा लुइस डियाजले गोल गरेपछि कोलम्विया ३–० ले अघि बढ्यो ।

५९औं मिनेटमा कोलम्विया पनि १० खेलाडीमा समेटियो । ड्यानियल मुनोज मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा कोलम्वियाले जित दर्ता गर्न सफल भयो ।

यो जितपछि कोलम्विया ५ खेलबाट ७ अंक जोडेर छैटौ स्थानमा उक्लन सफल भएको छ । पाराग्वे र उरुग्वेसँग समान ७ अंक रहेपनि कोलम्विया गोल अन्तरमा पछि छ । पराजित पेरु १ अंक जोडेर पुछारमा रहेको छ । पेरुले पाँँच खेलमा जित निकाल्न सकेको छैन ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.