default_image

3 years ago

June 4, 2021

नवयुग र मनिषलाई बेन्चबाट उतार्ने अब्दुल्लाहको रणनीति

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बिहीबार चाइनिज ताइपेइलाई २-० ले पराजित गर्यो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्ध मैत्रीपूर्ण खेलबाट सुरुवाती रोजाइमा दुई परिवर्तन गरेका थिए । पहिलो खेलमा प्रभावशाली प्रदर्शन गरेका फरवार्डद्वय मनिष डाँगी र नवयुग श्रेष्ठ ताइपेइविरुद्ध खेलमा बेन्चमा रहे । इराकविरुद्ध दुवैले पहिलो हाफ […]

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बिहीबार चाइनिज ताइपेइलाई २-० ले पराजित गर्यो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्ध मैत्रीपूर्ण खेलबाट सुरुवाती रोजाइमा दुई परिवर्तन गरेका थिए ।

पहिलो खेलमा प्रभावशाली प्रदर्शन गरेका फरवार्डद्वय मनिष डाँगी र नवयुग श्रेष्ठ ताइपेइविरुद्ध खेलमा बेन्चमा रहे । इराकविरुद्ध दुवैले पहिलो हाफ मात्र खेलेका थिए र मनिषले त डेब्युमै गोल समेत गरेका थिए । ताइपेइविरुद्ध मनिष आशिष लामालाई प्रतिस्थापन गर्दै दोस्रो हाफको सुरुवातमै मैदान प्रवेश गरे भने नवयुगले ६९ औं मिनेटमा सुनिल बलको स्थान लिएका थिए ।

दुवै खेलाडीले आफ्नो लयलाई निरन्तरता दिँदै सुदृढ प्रदर्शन गरे । मनिषले आफ्नो गति र बल नियन्त्रणको कला प्रस्तुत गर्दै ताइपेइका डिफेन्सलाई दबाबमा राखिरहे । नवयुगले मैदान प्रवेश गरेको १२ मिनेटमा गोल गरे । दुवै खेलाडीले विपक्षी गोलरक्षकलाई केहि व्यस्त पनि बनाए ।

खेलपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो रणनीति अनुसार नै मनिष र नवयुग दुवैलाई बेन्चमा राखेको बताए । उनले ताइपेइले आफ्नो पछिल्लो खेल हेरेर नवयुग र मनिषविरुद्ध रणनीति बनाउने भएकाले नयाँ खेलाडीलाई अवसर दिएको जानकारी दिए । दोस्रो हाफमा नवयुग र मनिषले प्रभाव जमाउनेमा विश्वस्त रहेको उनले बताए ।

‘पछिल्लो खेलबाट टोलीमा केहि परिवर्तन गर्न जरुरी थियो । विपक्षी टोलीले पनि हामीलाई अध्ययन गर्छन् भन्ने थाहा थियो । त्यसैले आशिष र सुनिलबारे उनीहरुलाई जानकारी छैन भनेर उतारेको हो,’ उनले थपे, ‘दोस्रो हाफमा खेलाडी परिवर्तन गराउने हाम्रो रणनीति नै थियो । मनिष र नवयुगले पनि त्यसै गर्न सके । ताइपेइले पनि राम्रो प्रदर्शन गरेको थियो, तर हामीले राम्रो अध्ययन गरेकाले सहज भयो ।’

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यस जित अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई समर्पित गर्न चाहे । ‘यो जित नेपाली समर्थकका लागि हो । विशेषगरि अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीका लागि । वहाँहरुले मिहिनेत गरेकै कारण हाम्रो खेलाडीले पनि यहाँसम्म आउन सके,’ उनले खेलपछि खुसी साट्दै भने ।

प्रशिक्षक अलमुताइरीले आफ्नो जितको खुसी नेपाल मात्र नभएर कुवेतको लागि पनि उत्तिकै रहेको बताए । ‘मैले नेपाल र कुवेत दुवैको प्रतिनिधित्व गरिरहेको छु । कुवेतका सबैलाई पनि बधाई दिन चाहन्छु । कुवेत बाहिर गएर कुनैपनि प्रशिक्षकले अन्तर्राष्ट्रिय खेल जितेको यो नै पहिलो अवसर हो । यो जितले मेरो लागि निकै महत्त्व बोकेको छ,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले नेपाली फुटबलका लागि यो सुरुवात मात्र भएको बताए । ‘यो जित हासिल गर्न सहज थिएन । हामीले निकै मिहिनेत गरेर अघि बढेका थियौं । मलाई विश्वास गर्ने एन्फा, राष्ट्रिय खेलकुद परिषद, ओलम्पिक कमिटि लगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

‘यो भर्खर सुरुवात हो । हामीले आफ्नो लक्ष्यमा पुग्न बाँकी नै छ । अब हामी एसिया कप छनोट तेस्रो चरण र साफ च्याम्पियनसिपको फाइनल खेल्ने लक्ष्यमा छौं । केहि धैर्य गर्नुहोस । हामीले अझै धेरै हेर्न बाँकी छ,’ उनले थपे ।

प्रशिक्षक अलमुताइरीले खेलको तयारीमा टोलीले गरेको मिहिनेतकै कारण जित सम्भव भएको बताए । ‘हामीले चाइनिज ताइपेइको खेल अध्ययन गरेका थियौं । आज विहान मात्र पनि हामीले ११ ओटा अभ्यास गरेर अध्ययन गरेका थियौं । त्यसैले मैदानमा खेल्न हामी तयार थियौं,’ उनले भने ।

‘हामीले खेलको अवस्था अनुसार के गर्ने भन्ने रणनीति तयार पारेका थियौं । अन्जनले तेस्रो मिनेटमा नै गोल गरेपछि खेलमा नियन्त्रण गर्न निकै सहज भयो । हामीले खेल कसरी खेलाउने भन्ने नियन्त्रण गर्न सक्यौं ।’

नेपालले अब छनोटको सातौं खेलमा जोर्डनको सामना गर्नेछ । खेल सोमबार रातको ९:४५ बजे हुनेछ ।

यो पनि : अस्ट्रेलिया अपराजित, भारतको हार

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.