default_image

3 years ago

June 4, 2021

स्पेन र पोर्चुगल खेल्दै

एजेन्सी – युरोपेली च्याम्पियनसिपको तयारी अन्तर्गत शुक्रबार राती हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युरोको साविक विजेता पोर्चुगलले स्पेनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ११:१५ बजे सुरु हुनेछ । स्पेन र पोर्चुगल दुवै टोलीले युरोका लागि अन्तिम टोलीको घोषणा गरिसकेका छन् । अब दुवै टोलीका प्रशिक्षक प्रतियोगिता अघि आफ्नो बलियो समिकरण तयार पार्ने सुरमा हुनेछन् । दुवै टोलीका लागि बलियो प्रतिद्वन्द्वीको सामना गर्न […]

61 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपको तयारी अन्तर्गत शुक्रबार राती हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युरोको साविक विजेता पोर्चुगलले स्पेनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ११:१५ बजे सुरु हुनेछ ।

स्पेन र पोर्चुगल दुवै टोलीले युरोका लागि अन्तिम टोलीको घोषणा गरिसकेका छन् । अब दुवै टोलीका प्रशिक्षक प्रतियोगिता अघि आफ्नो बलियो समिकरण तयार पार्ने सुरमा हुनेछन् । दुवै टोलीका लागि बलियो प्रतिद्वन्द्वीको सामना गर्न पाउनु राम्रो अवसर हो । स्पेन र पोर्चुगल दुवैले आजको खेलमा २ खेलाडीलाई डेब्यु दिन सक्छन् ।

स्पेनले पछिल्लो खेल अप्रिलमा विश्वकप छनोट अन्तर्गत कोसोभोविरुद्ध खेलेको थियो । उक्त खेलमा ३-१ को जित दर्ता गर्दा ड्यानी ओल्मो, जेरार्ड मोरेनो र फेरान टोरेसले गोल गरेका थिए । लुइस एन्रिकेले घोषणा गरेको युरोको टोलीमा यी तीनै समेटिएका छन् र आजको खेलमा पनि खेल्ने सम्भावना छ ।

पोर्चुगलले पनि आफ्नो पछिल्लो खेलमा लक्जेम्बर्गलाई हराएको थियो । कप्तान क्रिस्टियानो रोनाल्डो, डिओगो जोटा र जोआओ पाल्हिन्हाले ३-१ को जितमा गोल गरेका थिए । आजको खेलमा प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोसहित आफ्नो मुख्य टोली उतार्ने देखिन्छ ।

स्पेन र पोर्चुगलले हालसम्म ३७ खेलमा एक अर्काको सामना गरेका छन् । स्पेनले १७ खेलमा जित हासिल गर्दा १४ खेल बराबरीमा सकिएको छ । पोर्चुगलले ६ खेलमा जित हासिल गरेको छ । पछिल्लो पटक २०२० मा यी दुई टोलीले खेलेको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

पोर्चुगलको युरो खेल्ने टोली:

गोलकिपर – एन्थोनी लोपेस (लियोन), रुई प्याट्रिसियो (वल्भ्स) र रुइ सिल्भा (ग्रानडा)

डिफेन्डर – जोओ क्यान्सिलो (म्यानचेस्टर सिटी), नेल्सन सेमेडो (वल्भ्स), जोस फोन्टे (लिल), रुवेन डियास (म्यानचेस्टर सिटी), नुनो मेन्डेस (स्पोर्टिङ सिपी) र राफयल गुरेइरो (बोरुसिया डर्टमुन्ड)

मिडफिल्डर – डानिलो पेरेइरा (पीएसजी), जोओ पाल्हिन्हा (स्पोर्टिङ सिपी), रुवेन नेभेस (वल्भ्स), ब्रुनो फर्नान्डेस (म्यानचेस्टर युनाइटेड), जोओ मौटिन्हो (वल्भ्स), रेनाटो सान्चेज (लिल), सर्जियो ओलिभेइरा (पोर्टाे) र विलियम कार्भाल्हो (रियल बेटिस)

फरवार्ड – पेड्रो गोन्कालभेस (स्पोर्टिङ सिपी), आन्द्रे सिल्भा (आइनट्राख्ट फ्रान्कफुर्ट), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (युभेन्टस), डिएगो जोटा (लिभरपुल), गोन्कालो गुइडेस (भ्यालेन्सिया), जोआओ फेलिक्स (एट्लेटिको म्याड्रिड) र राफा सिल्भा (बेन्फिका)

युरो खेल्ने स्पेनको पूर्ण टोली :

गोलरक्षक : उनाइ सिमोन, डे हेया, रोबर्ट स्यान्चेज

डिफेन्डर : जोसे गाया, जोर्डी अल्बा, पाउ टोरेस, एमेरिक लापोर्ट, एरिक गार्सिया, डिएगो लोरेन्टे, सेजार एज्पिलिक्वेटा

मिडफिल्डर : मार्कोस लोरेन्टे, सर्जियो बुस्केट्स, रोड्री, पेड्री, थियागो, कोके, फाबियन रुइज

फरवार्ड : ड्यानी ओल्मो, मिकेल ओयाराज्बाल, अल्भारो मोराटा, जेरार्ड मोरेनो, फेरान टोरेस, एडमा ट्राओरे, पाब्लो सराबिया

यो पनि पढ्नुहोस : युरो कपको खेल तालिका नेपाली समयअनुसार

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.