default_image

3 years ago

June 4, 2021

‘खेल्ने शैली फेरिएको छ’ – फरवार्ड अन्जन

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड अन्जन विष्टले लगातार दोस्रो खेलमा गोल गरेपछि नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप तथा एसिया कप छनोट अन्तर्गत बिहीबार चाइनिज ताइपेइलाई २-० ले हरायो । अघिल्लो खेलमा इराकविरुद्ध बराबरी गोल फर्काएका अन्जनले ताइपेइविरुद्ध नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले चौथो मिनेटमा नै पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड अन्जन विष्टले लगातार दोस्रो खेलमा गोल गरेपछि नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप तथा एसिया कप छनोट अन्तर्गत बिहीबार चाइनिज ताइपेइलाई २-० ले हरायो ।

अघिल्लो खेलमा इराकविरुद्ध बराबरी गोल फर्काएका अन्जनले ताइपेइविरुद्ध नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले चौथो मिनेटमा नै पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए । अन्जनले ताइपेइविरुद्ध जितपछि बोल्दै आफ्नो लक्ष्य सधैं टोलीलाई जित दिलाउनेमा हुने बताएका छन् ।

‘गोल भन्दा पनि टोलीको जित्ने लक्ष्य थियो । हामीले प्रशिक्षकको रणनीति अनुसार खेल्न सफल भयौं,’ उनले भने, ‘हामी जित्नका लागि नै मैदानमा पसेका थियौं । र जित्नका लागि गोल हान्नपर्छ । हिजो मैले हाने अरु दिन अरु कसैले हान्छ, तर टोलीले जित्नुपर्छ भन्ने नै लक्ष्य हो ।’

ताइपेइविरुद्ध खेल अघि कुनै दबाब नरहेको पनि उनले बताए । ‘ हामीलाई त्यस्तो दबाब केहि पनि थिएन । खेलमा छिरेपछि आफ्नो पोजिसन अनुसार गोल हानेर टोलीलाई जिताउने सोच थियो । हिजो चाडैं गोल निस्कियो र खेलमा सजिलो पनि भयो,’ उनले भने ।

विगतको तुलनमा प्रशिक्षक अलमुताइरीको आगमनसँगै टोलीमा परिवर्तन आएको पनि उनले स्वीकारे । ‘प्रशिक्षकले सिकाउनुभएको अनुसार नै हामीले मैदानमा खेल्ने हो । पहिला भन्दा अहिले खेल्ने शैली फेरिएको छ । हिजोको खेलमा पनि विपक्षीलाई दबाबमा राख्न सक्यौं । नयाँ रणनीति भएकाले पनि विगतभन्दा फरक रुपमा प्रस्तुत भएका छौं,’ उनले टुंग्याए ।

अन्जनले ताइपेइको तुलनामा आगामी दुई खेल केहि कठिन हुने स्वीकारे । ‘अब आउने जोर्डन र अष्ट्रेलिया हामीभन्दा राम्रो छ । हामी स्टेप बाइ स्टेप तयारी गरिरहेका छौँ । अन्त्यसम्म संघर्ष जारी राख्छौं,’ उनले भने ।

टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाइनिज ताइपेइविरुद्ध विश्वकप छनोटमा प्राप्त गरेको जित अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई समर्पित गरे । ‘यो जित नेपाली समर्थकका लागि हो । विशेषगरि अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीका लागि । वहाँहरुले मिहिनेत गरेकै कारण हाम्रो खेलाडीले पनि यहाँसम्म आउन सके,’ उनले खेलपछि खुसी साट्दै भने ।

प्रशिक्षक अलमुताइरीले आफ्नो जितको खुसी नेपाल मात्र नभएर कुवेतको लागि पनि उत्तिकै रहेको बताए । ‘मैले नेपाल र कुवेत दुवैको प्रतिनिधित्व गरिरहेको छु । कुवेतका सबैलाई पनि बधाई दिन चाहन्छु । कुवेत बाहिर गएर कुनैपनि प्रशिक्षकले अन्तर्राष्ट्रिय खेल जितेको यो नै पहिलो अवसर हो । यो जितले मेरो लागि निकै महत्त्व बोकेको छ,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले नेपाली फुटबलका लागि यो सुरुवात मात्र भएको बताए । ‘यो जित हासिल गर्न सहज थिएन । हामीले निकै मिहिनेत गरेर अघि बढेका थियौं । मलाई विश्वास गर्ने एन्फा, राष्ट्रिय खेलकुद परिषद, ओलम्पिक कमिटि लगायत सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

‘यो भर्खर सुरुवात हो । हामीले आफ्नो लक्ष्यमा पुग्न बाँकी नै छ । अब हामी एसिया कप छनोट तेस्रो चरण र साफ च्याम्पियनसिपको फाइनल खेल्ने लक्ष्यमा छौं । केहि धैर्य गर्नुहोस । हामीले अझै धेरै हेर्न बाँकी छ,’ उनले थपे ।

‘हामीले खेलको अवस्था अनुसार के गर्ने भन्ने रणनीति तयार पारेका थियौं । अन्जनले तेस्रो मिनेटमा नै गोल गरेपछि खेलमा नियन्त्रण गर्न निकै सहज भयो । हामीले खेल कसरी खेलाउने भन्ने नियन्त्रण गर्न सक्यौं ।’

यो पनि पढ्नुहोस : नवयुग र मनिषलाई बेन्चबाट उतार्ने अब्दुल्लाहको रणनीति

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.