default_image

3 years ago

June 4, 2021

एमबाप्पेले खुलाए रियललाई नकार्नुको कारण

एजेन्सी – रियल म्याड्रिडले लामो समयदेखि फ्रान्सेली तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पेलाई पछ्याइरहेको छ । २२ वर्षे एमबाप्पेलाई रियलले सन् २०१४ मा नै क्लबमा भित्राउन चाहेको थियो । त्यति बेला उनले रियलको मैदान लगायत प्रशिक्षण सुविधा निरिक्षण गर्नुका साथै उनका आदर्श खेलाडी क्रिस्टियानो रोनाल्डो र जिनेदिन जिदानलाई भेट्ने अवसर पाएका […]

55 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले लामो समयदेखि फ्रान्सेली तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पेलाई पछ्याइरहेको छ । २२ वर्षे एमबाप्पेलाई रियलले सन् २०१४ मा नै क्लबमा भित्राउन चाहेको थियो ।

त्यति बेला उनले रियलको मैदान लगायत प्रशिक्षण सुविधा निरिक्षण गर्नुका साथै उनका आदर्श खेलाडी क्रिस्टियानो रोनाल्डो र जिनेदिन जिदानलाई भेट्ने अवसर पाएका थिए । तर, त्यति बेला उनी फ्रान्स बाहिर जान तयार भएनन् ।

‘मेरो आमाबुवा मैले फ्रान्समै खेल जीवन अघि बढाओस् भन्ने चाहानुहुन्थ्यो । किनकी मैले अध्ययन पनि गर्नु थियो,’ उनले भने, ‘फुटबल खेल्नुका साथै अध्ययनलाई निरन्तरता दिन आफ्नै देश बसे । जिदानको प्रशिक्षणमा खेल्न पाउनु एक ठाँउमा थियो तर स्पेन भनेको अर्को देश र अर्को संस्कृती भएको देश हो ।’

एमबाप्पे आफ्नो भविष्यका बारेमा खुलेर प्रस्तुत भएनन् । पिएसजीसँग उनको सम्झौता २०२२ सम्म रहेको छ । उनी रियल जान सक्ने चर्चा अहिले पनि चलिरहेको छ । प्रष्टसँग नभनेपनि उनले केहि संकेत भने गरेका छन् ।

‘म जहिले पनि चुनौती स्वीकार गर्दछु । किनकी फुटबलमा आराम नर्गे सुविधा छैन,’ उनले भने, ‘मैदानमा म जहिले उत्साहित हुन्छु । त्यसले मलाई उर्जा दिन्छ । अर्को नजरबाट फुटबललाई बुझ्ने उर्जा मसँग छ ।’

मोनाकोबाट सानै समूह एमबाप्पे स्टार बनिसकेका थिए । उनले त्यो समयको पनि स्मरण गरे । ‘त्यति बेलाको ख्याती सम्हाल्न मलाई कठिन थियो । किन कि म निकै युवा थिए । त्यति बेला १८/१९ वर्षको थिए । त्यहि उमेरको काम गर्न रमाइलो लाग्थ्यो । तर मैदानमा भने परिपक्कवता चाहिन्छ,’ उनले थपे ।

‘यदि कोहि पनि माथि पुग्न चाहन्छ भने त्यहाँ गैर व्यवासायिकताका लागि ठाँउ हुन्न । त्यो परिपक्वहरुको दुनिया हो र आफूलाई त्यसरी नै तयार पार्नु पर्दछ ।’

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.