default_image

3 years ago

June 4, 2021

कोपा अमेरिका आयोजनालाई लिएर ब्राजिलकै खेलाडी असन्तुष्ट

एजेन्सी – ब्राजिलियन फुटबल टोलीका केहि खेलाडीले कोरानाका कारण उत्पन्न स्वास्थ्य खतराका कारण कोपा अमेरिका नखेल्ने मनसाय देखाएका छन् । टोलीका प्रशिक्षक टिटेले पनि त्यसलाई स्वीकार गरेका छन् । सुरुमा अर्जेन्टिना र कोलम्बियाले आयोजना गर्ने भनिएको कोपा अमेरिका पछि अर्जेन्टिनामा मात्र आयोजना गर्ने निर्णय भएको थियो । कोलम्बियामा राजनीतिक अस्थिरता बढेको भन्दै अर्जेन्टिनालाई मात्र जिम्मेवारी […]

71 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फुटबल टोलीका केहि खेलाडीले कोरानाका कारण उत्पन्न स्वास्थ्य खतराका कारण कोपा अमेरिका नखेल्ने मनसाय देखाएका छन् । टोलीका प्रशिक्षक टिटेले पनि त्यसलाई स्वीकार गरेका छन् ।

सुरुमा अर्जेन्टिना र कोलम्बियाले आयोजना गर्ने भनिएको कोपा अमेरिका पछि अर्जेन्टिनामा मात्र आयोजना गर्ने निर्णय भएको थियो । कोलम्बियामा राजनीतिक अस्थिरता बढेको भन्दै अर्जेन्टिनालाई मात्र जिम्मेवारी दिएको थियो । अर्जेन्टिनामा पनि कोराना संक्रमितको संख्यामा व्यापक बृद्धि भएपनि कोपा अमेरिका ब्राजिल सार्ने निर्णय भएको थियो ।

ब्राजिलमा पनि कोरोना संक्रमितको संख्या देशभर बढी रहेको छ । त्यसको डर खेलाडीले पनि मानेका छन् । अहिले ब्राजिलमा कोरोना महामारीलाई लिएर सरकारले बेवास्ता गरेको भन्दै दिनहुँ प्रदर्शन भइरहेको । यस्तो अवस्थामा ब्राजिलले नै आयोजना गर्ने निर्णयबाट ब्राजिलियन खेलाडी खुसी नरहेको बताइएको छ ।

त्यसैकारण इक्वेडरविरुद्धको विश्व कप छनोट अघिको प्रि म्याच कन्फ्रेन्समा टोलीका कप्तान कासिमेरो उपस्थित भएनन् । उनी उपस्थिति नहुनुको कारण बारे टिटेले भने, ‘प्रतियोगिता आयोजनाका विषयमा गरिएको राष्ट्रपतिको निर्णयविरुद्ध खेलाडीको धारणा प्रष्ट छ । त्यसै कारण कासिमेरो आज उपस्थित भएनन् ।’

ब्राजिलका राष्ट्रपतिकै आग्रहमा कन्मेबलले प्रतियोगिता ब्राजिलमा सारेको थियो । ब्राजिलका जनताले भने सरकारको ध्यान कोरोना नियन्त्रणमा हुनुपर्ने बेलामा कोपा आयोजनामा ध्यान दिएको भन्दै आलोचना गरेका छन् ।

ब्राजिलले कोपा अमेरिकाको पहिलो खेल जुन २७ मा इक्वेडरविरुद्ध खेल्नुपर्ने तय छ । अझै पनि कोपा हुनु नहुनेमा दुविधा रहेको बताइन्छ । यदि भएको खण्डमा ब्राजिलका मुख्य खेलाडीहरुलाई नखेल्ने सम्भावना रहेको अनुमान गरिएको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.