default_image

3 years ago

June 4, 2021

‘ग्वार्डिओलाको आँसु नक्कली हो’

एजेन्सी – बार्सिलोनामा केहि दिन अघि मात्र आबद्ध भएका फरवार्ड सर्जियो अगुएरोका बाबु लियोनल डेल कास्टिलोले म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको आलोचना गरेका छन् । आफ्नो छोरालाई गरेको व्यवहारका कारण कास्टिलो ग्वार्डिओलासँग असन्तुष्ट रहेका छन् । अगुएरोले क्लब छाड्दा ग्वार्डिओला भावुक बनेका थिए । तर कास्टिलोले त्यो उनको नक्कली आँसु रहेको आरोप लगाएका छन् । […]

39 views

0 Bookmark

एजेन्सी – बार्सिलोनामा केहि दिन अघि मात्र आबद्ध भएका फरवार्ड सर्जियो अगुएरोका बाबु लियोनल डेल कास्टिलोले म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको आलोचना गरेका छन् । आफ्नो छोरालाई गरेको व्यवहारका कारण कास्टिलो ग्वार्डिओलासँग असन्तुष्ट रहेका छन् ।

अगुएरोले क्लब छाड्दा ग्वार्डिओला भावुक बनेका थिए । तर कास्टिलोले त्यो उनको नक्कली आँसु रहेको आरोप लगाएका छन् । ‘मलाई उनको आँसुमा विश्वास छैन । मेरो छोराप्रति उनी कहिल्यै संवेदनशिल रहेनन्,’ उनले सञ्चारमाध्यमलाई भनेका छन्, ‘मलाई लाग्छ ग्वार्डिओलाले अगुएरोलाई कहिल्यै चाहेनन् ।’

कास्टिलो ग्वार्डिओलालाई उत्कृष्ट प्रशिक्षक भने मान्छन् । ‘उनी टोलीमा आफू नै मुख्य पात्र बन्न चाहन्छन् । एक दिनबाट अर्को दिन उनले खेलाडी परिवर्तन गर्छन । खेलाडीलाई आफ्नो महत्व छ कि छैन भन्ने थाहा हुँदैन,’ उनले भने,’ उनले नै अगुएरोलाई परिवर्तन गर्न सकिन्न भन्थे । तर अहिले उनी टोलीमा छैनन् ।’

प्रिमियर लिगको उपाधि जितेको सिटी च्याम्पियन्स लिग फाइनलमा भने प्रिमियर लिगको अर्को टोली चेल्सीसँग १–० ले पराजित भएको थियो । त्यो अगुएरोको अन्तिम खेल थियो । प्रिमियर लिगको अन्तिम खेलमा एभर्टनलाई हराउँदा अगुएरोले २ गोल गरेका थिए । त्यहि गोलले अगुएरोले प्रिमियर लिगको कुनै पनि टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए । उनले १० सिजन सिटीमा बिताएका थिए ।

अगुएरो बार्सिलोनामा पुगेकोमा कास्टिलो निकै उत्साहित देखिएका छन् । ‘बार्सिलोना पुगेपछि उनी खुसी छन्,’ अगुएरोका बुवाले भने, ‘लिओनल मेस्सी १५ वर्षदेखि उनको साथी छन् । उनीहरु सधै सम्पर्कमा हुन्छन् । त्यसले पनि मेस्सी बार्सिलोनामा बस्ने सम्भावना छ । त्यस्तो हुँदा उनीहरु सँगै खेल्नेछन् ।’

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.