default_image

3 years ago

June 4, 2021

एन्फाद्वारा युथ एकेडेमीका लागि ४२ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ एकेडेमीका लागि अन्तिम ४२ खेलाडी छनोट गरेको छ । एन्फाले युथ एकेडेमीका लागि पहिलो चरणमा देशभरबाट कुल १६६ खेलाडी छनोट गर्दै अन्त्यमा ४२ जना यु–१३ खेलाडी छनोट गरेको हो । छनोटमा प्रदेश १ बाट २८, प्रदेश २ बाट २४, बागमती प्रदेशबाट ३३, गण्डकी प्रदेशबाट ३१, लुम्विनीबाट […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ एकेडेमीका लागि अन्तिम ४२ खेलाडी छनोट गरेको छ । एन्फाले युथ एकेडेमीका लागि पहिलो चरणमा देशभरबाट कुल १६६ खेलाडी छनोट गर्दै अन्त्यमा ४२ जना यु–१३ खेलाडी छनोट गरेको हो ।

छनोटमा प्रदेश १ बाट २८, प्रदेश २ बाट २४, बागमती प्रदेशबाट ३३, गण्डकी प्रदेशबाट ३१, लुम्विनीबाट ३०, कर्णलीबाट ८ र सुदूरपश्चिबाट १२ खेलाडी अन्तिम छनोटमा समावेश रहेका थिए । यि ४२ खेलाडीमध्येबाट नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले छात्रवृत्ति र आंशिक तर्फ ७-७ खेलाडीलाई आफ्नो एकेडेमीमा राख्नेछन् । खेलाडी छनोट गर्न प्राविधिक पक्ष, स्वास्थ्य परिक्षण र खेल्ने शैलीलाई आधार मानिएको थियो ।

छनोट भएका खेलाडीले त्यहाँ छात्रवृत्ति पनि प्राप्त गर्नेछन् । अन्य सात खेलाडीले निश्चित शुल्क तिरेर एकेडेमीमा आबद्ध हुन पाउनेछन् । बाँकी ९ खेलाडीलाई रिजर्भमा राखिएको छ । एन्फाले एकेडेमीका लागि प्रशिक्षक उपलब्ध गराउनेछ ।

छात्रवृत्ति पाउने खेलाडी

तेन्जिङ शेर्पा (काठमाडौं), अफरोज अली (स्याङ्जा), लक्ष्मण थामी (दोलखा), अनुज श्रेष्ठ –सिन्धुली), प्रशान्त मोक्तान (सर्लाही), दीपक विक (बर्दिया), दिनेश डुम्जन (सर्लाही), भुपेश लामा (धनुषा), भुवन कामी (मकवानपुर), विवेक पासिमा थारु चौधरी (नवलपरासी), पर्वत मगर (दोलखा), किसन थापा (स्याङ्जा), मिजास श्रेष्ठ (कास्की), दमरा विक (सर्लाही), अनुभव पुरी (सिन्धुली), निश्चल थामी (दोलखा), उत्सव थापा (झापा), दतिन राई (इटहरी), दिप्सन परियार (गोलरक्षक–पर्वत) सुशिल बर्मासानी (गोलरक्षक – धनुषा) र विवश विक (गोलरक्षक – स्याङ्जा)

आंशिक छात्रवृत्ति

मौसम रोकाया (कञ्चनपुर), राम थामी (दोलखा), उज्वल राई (झापा), युग काफ्ले (सुनसरी), गुरलभ श्रेष्ठ (बर्दिया), कुनवाल विवास (मोरङ), सन्दीप शर्मा (सुर्खेत), मिजास केसी (कास्की), दक्ष लामा (धनुषा), अभिन बस्याल (चितवन), जोलिन राई (सुनसरी), विनोद गिरी (कास्की), रोहित गोले (सर्लाही), सफल पाण्डे (नवलपरासी), रोहित श्रेष्ठ (काठमाडौं), टान्चो हाङ लिम्वु (ताप्लेजुङ), दिपेश गुरुङ (लमजुङ), नसिव योन्जन (सर्लाही), निशान्त रानामगर (गोलरक्षक – महोत्तरी), रिजेन सलाजु (गोलरक्षक – भक्तपुर) र सागर चन्द (गोलरक्षक – कैलाली)

रिजर्भ खेलाडी

प्रयन्त थापा (काठमाडौं), समर्पण सुनुवार (चितवन), सिमोन मगर (मकवानपुर), निश्चल मगर (कास्की), निश्चल नेपाली (नवलपरासी), शिव थिङ (सर्लाही), ईश्वर कार्की (गोलरक्षक –झापा), रादुल लिम्वु (गोलरक्षक – मोरङ) र राम बोहरा (गोलरक्षक – कैलाली)

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.