default_image

3 years ago

June 4, 2021

चेल्सीमा टुचेलको बसाईं लम्बियो

एजेन्सी – जर्मन प्रशिक्षक थोमस टुचेलले इंग्लिस क्लब चेल्सीसँग थप तीन वर्षको सम्झौता नविकरण गरेका छन् । जनवरीमा चेल्सी आएर कठिन स्थितिमा क्लबलाई सम्हाल्दै च्याम्पियन्स लिग जिताएपछि उनको सम्झौता नविकरण भएको बुझिएको छ । नयाँ सम्झौता अनुसार टुचेल २०२४ सम्म चेल्सीको डगआउटमा रहनेछन् । टुचेल जनवरीमा १८ महिनाको लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) […]

43 views

0 Bookmark

एजेन्सी – जर्मन प्रशिक्षक थोमस टुचेलले इंग्लिस क्लब चेल्सीसँग थप तीन वर्षको सम्झौता नविकरण गरेका छन् । जनवरीमा चेल्सी आएर कठिन स्थितिमा क्लबलाई सम्हाल्दै च्याम्पियन्स लिग जिताएपछि उनको सम्झौता नविकरण भएको बुझिएको छ ।

नयाँ सम्झौता अनुसार टुचेल २०२४ सम्म चेल्सीको डगआउटमा रहनेछन् । टुचेल जनवरीमा १८ महिनाको लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लन्डन क्लब आएका थिए । टुचेलको प्रशिक्षणमा चेल्सीले च्याम्पियन्स लिग जित्नुका साथै एफए कपको फाइनलमा पुग्न सफल भएको थियो ।

जनवरीसम्म नवौं स्थानमा रहेको चेल्सी अन्तिमसम्म आइपुग्दा शीर्ष चारमा अटाउन सफल भएको थियो । चेल्सीको आधिकारिक वेबसाइटमा प्रशिक्षक टुचेलले सम्झौता नविकरण भएपछि कल्पना गर्न कठिन भएको र चेल्सी परिवारको अंश बन्न पाउँदा खुशी लागेको बताएका छन् । ‘त्यहाँ अझ धेरै आउन बाँकी छ । हामी धेरै महत्त्वाकांक्षी छौ । हामी अर्काे चरणको सफलताको प्रतीक्षा गर्दैछौं ।’

यदि ४७ वर्षीय टुचेलले स्टामफोर्ड ब्रिजमा आफ्नो नयाँ सम्झौता अवधि पुरा गरे भने उनी क्लबका मालिक अब्रामोभिचको नेतृत्वमा सबैभन्दा लामो समय प्रशिक्षण दिने प्रशिक्षक बन्नेछन् ।

रसियन ब्यापारी अब्रामोभिचले सन् २००३ यता १३ प्रशिक्षकलाई बर्खास्त गरिसकेका छन् । जसमा चेल्सीलाई च्याम्पियन्स लिग जिताएका रोबर्टाे डि माटियो (६) महिनासमेत रहेका छन् । पोर्चुगिज जोसे मौरिन्हो सबैभन्दा लामो समय २००४ देखि २००७ सम्म चेल्सीको प्रशिक्षक बनेका थिए ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.