default_image

3 years ago

June 5, 2021

नेयमार चम्कदा ब्राजिलको जित

एजेन्सी – स्टार फरवार्ड नेयमार जुनियरले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा लगातार पाँचौ जित दर्ता गरेको छ । घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरलाई २–० ले हराउँदै छनोटमा लगातार पाँचौ जित दर्ता गरेको हो । यसअघि छनोटमा […]

68 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड नेयमार जुनियरले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा लगातार पाँचौ जित दर्ता गरेको छ ।

घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरलाई २–० ले हराउँदै छनोटमा लगातार पाँचौ जित दर्ता गरेको हो । यसअघि छनोटमा ब्राजिलले बोलिभिया, पेरु, भेनेजुएला र उरुग्वेलाई पराजित गरेको थियो । कोरोना महामारीका कारण कोलम्विया र अर्जेन्टिनाविरुद्धको खेल स्थगित भएको थियो । यि खेल पछि हुनेछ ।

अर्काे एक गोल रिचार्लीसनको नाममा रह्यो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको २०औं मिनेटमा नेयमारले झन्डै ३५ यार्ड टाढाबाट गरेको फ्रिकिकमा रिचार्लीसनको वान टच प्रहार गोलरक्षक एलेसान्दर डोमिनग्वेजले मुस्किलले बचाउँदा ब्राजिल अग्रता लिनबाट चुक्यो । ४१औं मिनेटमा ब्राजिलका गाब्रिल बरबोसाको गोल गरेपनि उनी अफसाइड ठहरिए ।

६५औं मिनेटमा इंग्लिस क्लब एभर्टनका फरवार्ड रिचार्लीसनले गोल गर्दै गर्दै ब्राजिललाई १–० को अग्रता दिलाए । उनले नेयमारको पासमा क्लोज रेन्जबाट सहजै गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा नेयमारले पेनाल्टीमार्फ गोल गर्दै ब्राजिलको जित पक्का गरे ।

८६औं मिनेटमा रोबर्टाे फिर्मिनोमाथि फल भएपछि रेफ्रीले भिएआरको सहायता लिदै ब्राजिललाई पेनाल्टी प्रदान गरेको थियो । नेयमारको शुरुवाती पेनाल्टीलाई इक्वेडरका गोलरक्षक एलेसान्दर डोमिनग्वेजले पेनाल्टी प्रहार गर्नुअघि नै अघि बढेर रोकेको भन्दै रेफ्रीले ब्राजिललाई पुन पेनाल्टी प्रदान गर्दा नेयमार चुकेनन् ।

जितपछि दक्षिण अमेरिकी छनोटका शीर्षस्थानमा रहेको ब्राजिलको ५ खेलबाट १५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ११ अंक छ । पराजित इक्वेडर ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.