default_image

3 years ago

June 5, 2021

यू १३ को अन्तिम छनोटमा संयोजक थापाकै आपत्ती

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ एकेडेमीका यू १३ का ४२ खेलाडी गरेको अन्तिम छनोटमा एन्फाकै उपाध्यक्ष तथा छनोट समितिका संयोजक कृष्ण थापाले गम्भिर आपत्ती जनाएका छन् । थापा एन्फाको प्राविधिक समितिका पनि संयोजक हुन् । पहिलो चरणको छनोटमा आफू संलग्न रहेपनि अन्तिम छनोटका विषयमा भने आफूसँग कुनै परामर्श नगरी […]

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ एकेडेमीका यू १३ का ४२ खेलाडी गरेको अन्तिम छनोटमा एन्फाकै उपाध्यक्ष तथा छनोट समितिका संयोजक कृष्ण थापाले गम्भिर आपत्ती जनाएका छन् । थापा एन्फाको प्राविधिक समितिका पनि संयोजक हुन् ।

पहिलो चरणको छनोटमा आफू संलग्न रहेपनि अन्तिम छनोटका विषयमा भने आफूसँग कुनै परामर्श नगरी खेलाडीको नाम सार्वजनिक गरेकोमा थापाले त्यसको विरोध गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा थापाले लेखे, ‘यू १३ को अन्तिम छनोट शंकाको घेरामा संयोजकलाई नै थाहा छैन ।’

यसअघि वैशाखको सुरुमा ७१ खेलाडी छनोट गर्दा भने थापाले नै हस्ताक्षर गरेका थिए ।

‘मैले समाचारबाट खेलाडी अन्तिम छनोट भएको देखे । जबकी मसँग कुनै परामर्श गरिएको छैन,’ पोखरामा रहेका थापाले भने, ‘यसअघि संयोजकको सहि चाहिने । अन्तिम छनोटमा नचाहिने हुन्छ । यो वैधानिक छैन । यसमा शंका गर्ने ठाँउ छ ।’

एन्फाका अर्का उपाध्यक्ष तथा युवा परियोजनाका संयोजक उपेन्द्रमान सिंहले भने लामो प्रक्रिया पार गरेर अन्तिम छनोट गरिएको बताए । ‘विभिन्न चरणबाट यहाँ सम्म आइपुगेका हौं । यो कुनै एकल निर्णयका आधारमा नभई हिजो अध्यक्ष, महासचिव, प्राविधिक समितिका जिम्मेवार व्यक्ति, डाक्टर लगायत सबै जुम मिगिङ बसेर अन्तिम छनोट गरिएको हो,’ सिंहले भने ।

‘यसअघि छनोट भएका खेलाडी मध्येबाट तय भएको मापदण्ड, मेडिकल रिपोर्ट सबै हेरेर खेलाडी छनोट गरिएको छ । अध्यक्ष ज्यूले कृष्ण (थापा) दाई लाई पनि खबर गरिएको थियो । उहाँ उपलब्ध हुन नसक्ने जानकारी पाएका थियौं । अहिले उहाँले विरोध गरेको सुन्दा अच्चम लागेको छ ।’

‘छनोट भएका खेलाडीको नयाँ सेसनमा भर्ना गर्नुपर्ने भएकाले पनि छनोटमा ढिला गर्न नहुने भएकाले हामीले यो निर्णय लिएका हौं । अन्तिम छनोटमा कसैको पनि हस्ताक्षर छैन । सबै प्रक्रिया पूरा गरेर निर्णय गरेपछि एन्फाले अन्तिम नामावली जारी गरिएको हो,’ सिंहले थपे, ‘यसमा कसैले पूर्वाग्रही हुनु पर्ने आवश्यकता म देख्दिन । यो खासमा ३ विभागको छनोट हो । एन्फाले छनोटमा सहयोग गरेको हो । यसमा विरोध गर्नुपर्ने ठाँउ मैले देखेको छैन ।’

छनोटमा प्रदेश १ बाट २८, प्रदेश २ बाट २४, बागमती प्रदेशबाट ३३, गण्डकी प्रदेशबाट ३१, लुम्विनीबाट ३०, कर्णलीबाट ८ र सुदूरपश्चिबाट १२ गरि १ सय ६६ खेलाडी समावेश थिए । त्यसबाट वैशाखको सुरुमा ७१ खेलाडी अर्को चरणका लागि छनोट गरिएको थियो । त्यहि खेलाडीबाट एन्फाले शुक्रबार ४२ खेलाडीको अन्तिम छनोट गरेको थियो ।

छनोट भएका ४२ मध्ये आधा २१ खेलाडीले एन्फाबाट पूर्ण छात्रबृति प्राप्त गर्नेछन् । त्यस्तै २१ खेलाडीले भने आफ्नो खर्चमा तीन विभाग त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबका स्कुलमा आबद्ध हुनुपर्नेछ । एन्फा र ३ विभागबीच गत वर्ष एकेडेमी सञ्चालनका लागि सम्झौता भएको थियो ।

जसमा एन्फाले ७ खेलाडीको छात्रबृति दिने, ७ खेलाडीले आफ्नो खर्चमा बस्ने र ३ विभागले समान ७ खेलाडीलाई छात्रबृति दिने सहमति भएको थियो । खेलाडी छनोट गर्न प्राविधिक पक्ष, स्वास्थ्य परिक्षण र खेल्ने शैलीलाई आधार मानिएको थियो एन्फाले जनाएको छ । ७१ मध्येबाट एन्फाले ९ खेलाडीलाई रिजर्भमा राखेको छ । एन्फाले एकेडेमीका लागि प्रशिक्षक उपलब्ध गराउने बताइएको छ ।

छात्रवृत्ति पाउने खेलाडी

तेन्जिङ शेर्पा (काठमाडौं), अफरोज अली (स्याङ्जा), लक्ष्मण थामी (दोलखा), अनुज श्रेष्ठ –सिन्धुली), प्रशान्त मोक्तान (सर्लाही), दीपक विक (बर्दिया), दिनेश डुम्जन (सर्लाही), भुपेश लामा (धनुषा), भुवन कामी (मकवानपुर), विवेक पासिमा थारु चौधरी (नवलपरासी), पर्वत मगर (दोलखा), किसन थापा (स्याङ्जा), मिजास श्रेष्ठ (कास्की), दमरा विक (सर्लाही), अनुभव पुरी (सिन्धुली), निश्चल थामी (दोलखा), उत्सव थापा (झापा), दतिन राई (इटहरी), दिप्सन परियार (गोलरक्षक–पर्वत) सुशिल बर्मासानी (गोलरक्षक – धनुषा) र विवश विक (गोलरक्षक – स्याङ्जा)

आंशिक छात्रवृत्ति

मौसम रोकाया (कञ्चनपुर), राम थामी (दोलखा), उज्वल राई (झापा), युग काफ्ले (सुनसरी), गुरलभ श्रेष्ठ (बर्दिया), कुनवाल विवास (मोरङ), सन्दीप शर्मा (सुर्खेत), मिजास केसी (कास्की), दक्ष लामा (धनुषा), अभिन बस्याल (चितवन), जोलिन राई (सुनसरी), विनोद गिरी (कास्की), रोहित गोले (सर्लाही), सफल पाण्डे (नवलपरासी), रोहित श्रेष्ठ (काठमाडौं), टान्चो हाङ लिम्वु (ताप्लेजुङ), दिपेश गुरुङ (लमजुङ), नसिव योन्जन (सर्लाही), निशान्त रानामगर (गोलरक्षक – महोत्तरी), रिजेन सलाजु (गोलरक्षक – भक्तपुर) र सागर चन्द (गोलरक्षक – कैलाली)

रिजर्भ खेलाडी

प्रयन्त थापा (काठमाडौं), समर्पण सुनुवार (चितवन), सिमोन मगर (मकवानपुर), निश्चल मगर (कास्की), निश्चल नेपाली (नवलपरासी), शिव थिङ (सर्लाही), ईश्वर कार्की (गोलरक्षक –झापा), रादुल लिम्वु (गोलरक्षक – मोरङ) र राम बोहरा (गोलरक्षक – कैलाली)

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.