default_image

3 years ago

June 5, 2021

स्पेन र पोर्चुगलको २०३० विश्वकप आयोजनामा दावी

एजेन्सी – स्पेन र पोर्चुगलले सन् २०३० मा हुने फिफा विश्वकपको आयोजनाका लागि दावी गरेका छन् । शुक्रबार मैत्रीपूर्ण खेलअघि एक समारोहबीच दुई देशले संयुक्त रुपमा विश्वकप आयोजना गर्ने दावेदारी सार्वजनिक गरेका हुन् । स्पेन र पोर्चुगलबीच शुक्रबार भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको थियो । यस खेल स्पेन र पोर्चुगलबीच भएको पहिलो मैत्रीपूर्ण खेलको […]

41 views

0 Bookmark

एजेन्सी – स्पेन र पोर्चुगलले सन् २०३० मा हुने फिफा विश्वकपको आयोजनाका लागि दावी गरेका छन् । शुक्रबार मैत्रीपूर्ण खेलअघि एक समारोहबीच दुई देशले संयुक्त रुपमा विश्वकप आयोजना गर्ने दावेदारी सार्वजनिक गरेका हुन् ।

स्पेन र पोर्चुगलबीच शुक्रबार भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको थियो । यस खेल स्पेन र पोर्चुगलबीच भएको पहिलो मैत्रीपूर्ण खेलको शताब्दी पूरा भएको अवसर पारेर आयोजना गरिएको थियो । खेलअघि दुवै टोलीका खेलाडी ‘भामोस २०३०’ अंकित टिसर्ट लगाएर मैदान प्रवेश गरेका थिए ।

स्पेनका राज फेलिपे ६ र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सौसाले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । पोर्चुगल फुटबल संघका अध्यक्ष फर्नान्डो गोमेस र स्पेनिस संघका अध्यक्ष लुइस रुबिआलेसले गत अक्टोबरमा नै सम्झौता तयार पारेका थिए । दुवै देशको सरकार संयुक्त आयोजनमा राजि भएपछि सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सन् २०२२ को विश्वकप कतारमा आयोजना हुँदैछ । त्यस्तै सन् २०२६ को विश्वकप भने क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । फिफाले सन् २०३० को आयोजकको घोषणा सन् २०२४ मा गर्नेछ ।

पोर्चुगल र स्पेनले आयोजनाका लागि दावेदारी प्रस्तुत गर्ने घोषणा गर्दा अन्य राष्ट्रले पनि यसमा इच्छा देखाएका छन् । बेलायत र आयरल्यान्ड गणतन्त्रले पनि संयुक्त आयोजना दावी गर्ने तयारी गरिरहेका छन् भने उरूग्वेले विश्वकप सुरु भएको एक शताब्दी पुग्ने भन्दै आफूले नै आयोजना गर्न पाउनुपर्ने दावी गर्दै आएको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.