default_image

3 years ago

June 5, 2021

सिल्भा थप एक सिजन चेल्सीमै रहने

एजेन्सी – ब्राजिलियन भेट्रान डिफेन्डर थियागो सिल्भाले च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीसँग सम्झौता नविकरण गरेका छन् । सिल्भाले चेल्सीसँग थप १ वर्षको सम्झौता नविकरण गरेका हुन् । सिल्भाले लन्डन क्लबमा डेब्यु सिजनमै च्याम्पियन्स लिगको ट्रफी जित्न सफल भएका थिए । उनी गत सिजन फ्रान्सेली क्लब पीएसजीबाट चेल्सी आएका थिए । चेल्सीले सिल्भासँग सम्झौता नविकरण […]

33 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन भेट्रान डिफेन्डर थियागो सिल्भाले च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीसँग सम्झौता नविकरण गरेका छन् । सिल्भाले चेल्सीसँग थप १ वर्षको सम्झौता नविकरण गरेका हुन् ।

सिल्भाले लन्डन क्लबमा डेब्यु सिजनमै च्याम्पियन्स लिगको ट्रफी जित्न सफल भएका थिए । उनी गत सिजन फ्रान्सेली क्लब पीएसजीबाट चेल्सी आएका थिए । चेल्सीले सिल्भासँग सम्झौता नविकरण गरेकै दिन प्रशिक्षक थोमस टुचेलसँग ३ वर्षको तथा फरवार्ड ओलिभर जिरुडसँग १ वर्षको नविकरण गरेका थिए ।

लन्डन क्लबमा डेब्यु सिजनमा उनले चोटसँग जुध्न पुगेपनि ३४ खेल खेल्दै दुई गोल गर्न सफल भएका थिए । विश्वस्तरीय डिफेन्डरको उपस्थितिले क्लबको मनोबव उच्च रहेको बताएका छन् ।

‘जव हामीले गत सिजन सिल्भालाई सार्वजनिक गर्‍यौं । हामीले विश्वस्तरीय डिफेन्डरलाई अनुबन्ध गर्न सफल भएको भन्ने ठान्यौं । उनले आफ्नो स्तर क्षमता क्लबमा देखाएका छन्,’ क्लबसँगको नयाँ सम्झौता भएपछि क्लबकी निर्देशक मारिना ग्रानोभ्स्काइयाले भनिन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.