default_image

3 years ago

June 5, 2021

दक्षिण कोरियाको फराकिलो जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ तथा एसियन कप २०२३ को एसियन छनोटमा दक्षिण कोरियाले तुर्केमिनिस्तानमाथि ५–० को फराकिलो जित दर्ता गरेको छ । गोयाङ स्टेडियममा शनिबार साँझ भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा ह्वाङ उइ जोले दुई तथा ताई हि नाम, योङ जिओन किम र चाङ हुन क्वानले समान एक गोल गरे । पहिलो […]

56 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ तथा एसियन कप २०२३ को एसियन छनोटमा दक्षिण कोरियाले तुर्केमिनिस्तानमाथि ५–० को फराकिलो जित दर्ता गरेको छ ।

गोयाङ स्टेडियममा शनिबार साँझ भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा ह्वाङ उइ जोले दुई तथा ताई हि नाम, योङ जिओन किम र चाङ हुन क्वानले समान एक गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो ।

खेलको नवौं मिनेटमा ह्वाङ उइ जोले गोल गर्दै दक्षिण कोरियालाई १–० को अग्रता दिलाए । ४५औं मिनेटमा ताई हि नामले गोल गर्दै दक्षिण कोरियाको अग्रता दोब्बर पारे । ५६औं मिनेटमा योङ जिओन किमले गोल गरेपछि दक्षिण कोरिया ३–० ले अघि बढ्यो । ६२औं मिनेटमा चाङ हुन क्वोनले गोल गर्दै दक्षिण कोरियालाई ४–० ले अघि बढाए ।

७२औं मिनेटमा ह्वाङ उइ जोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै दक्षिण कोरियालाई ५–० को फराकिलो जित दिलाए । जितपछि समूह ‘एच’ मा रहेको दक्षिण कोरिया ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित तुर्केमिनिस्तान ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा लेवनानले श्रीलंकालाई ३–२ ले पराजित गरेको छ । लेवनानको जितमा जोन ओउमारीले दुई तथा मोहम्मद केडाउले एक गोल गरे । श्रीलंकाका एहमेद वासिम राजिकले दुवै गोल गरेपनि हार टार्न सकेन ।

लेवनान १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको दक्षिण कोरियासँग समान अंक भएपनि लेवनान गोल अन्तरमा पछि छ । अंकविहीन श्रीलंका पुछारमा छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.