default_image

3 years ago

June 6, 2021

पोर्चुगलको आक्रमण रोनाल्डो मात्र होइनन्

एजेन्सी – पोर्चुगलले सन् २०१६ मा युरोपेली च्याम्पियनसिपको उपाधि जित्दा टोलीमा मात्र ४ जना फरवार्ड थिए । भाग्यवश त्यसमध्य एक थिए कप्तान क्रिस्टियानो रोनाल्डो । रोनाल्डोले उक्त प्रतियोगितामा अपेक्षा अनुसार प्रदर्शन त गर्न सकेनन् । तर टोलीलाई उपाधिसम्म पुर्याउन उनले ३ गोल गरे अन्य खेलाडीले तीन असिस्ट दिए । टोलीका अन्य खेलाडी रोनाल्डोको स्तरका खेलाडी […]

65 views

0 Bookmark

एजेन्सी – पोर्चुगलले सन् २०१६ मा युरोपेली च्याम्पियनसिपको उपाधि जित्दा टोलीमा मात्र ४ जना फरवार्ड थिए । भाग्यवश त्यसमध्य एक थिए कप्तान क्रिस्टियानो रोनाल्डो ।

रोनाल्डोले उक्त प्रतियोगितामा अपेक्षा अनुसार प्रदर्शन त गर्न सकेनन् । तर टोलीलाई उपाधिसम्म पुर्याउन उनले ३ गोल गरे अन्य खेलाडीले तीन असिस्ट दिए । टोलीका अन्य खेलाडी रोनाल्डोको स्तरका खेलाडी नभएपनि सबैले महत्त्वपूर्ण योगदान भने दिए ।

फाइनलमा विजयी गोल गरेका फरवार्ड एडरले आफ्नो करिअरमा मात्र ३ गोल गरेका छन् । त्यसबेला २९ वर्ष पुगेका नानी र ३२ वर्षका करेज्मा दुवै आफ्नो उच्च विन्दुबाट पार भएर टर्कीको लिगमा खेलिरहेका थिए । प्रतियोगिता सुरु हुँदा कमैले रोनाल्डोको प्रदर्शनबिना पोर्चुगलले उपाधि जित्छ भन्ने सोचेका थिए ।

अर्को साता सुरु हुने युरोमा भने पोर्चुगल फरक रुपमा प्रस्तुत हुँदैछ । रोनाल्डो सन् २०१६ को स्तरमा पक्कै छैनन् तर अझैपनि उनले टोलीलाई धेरै योगदान दिन सक्छन् । यस सिजन ४४ खेलमा ३६ गोलको विश्वस्तरीय आँकडा भएपनि रोनाल्डो विगतजस्तो स्तरमा नरहेको प्रष्ट छ । यसपटक टोलीले उनको नेतृत्व क्षमतामा बढी भर गर्नेछ ।

राष्ट्रिय टोलीमा पछिल्लो समय रोनाल्डो अपेक्षित प्रदर्शन गर्न असफल रहेका छन् । उनले कोरोना महामारीपछि खेलिएको १० खेलमा ४ गोल गरेका छन् । र पछिल्लो ६ खेलमा मात्र १० । तर रोनाल्डोलाई यसपटक टोलीका अन्य खेलाडीको साथ छ । सन् २०१६ मा सबै चार फरवार्डको उमेर २८ भन्दा माथि थियो, यसपटक रोनाल्डोबाहेक सबै २५ वर्ष मुनिका छन् ।

आक्रमणमा प्रचुर विकल्प

एटलेटिको म्याड्रिडका युवा फरवार्ड जोआओ फेलिक्स टोलीका सबैभन्दा युवा फरवार्ड हुन् । उनी रोनाल्डोको पछाडी रहेर उनलाई गोल गर्ने अवसर सिर्जना गर्ने मात्र होइन, आफैं गोल गर्ने क्षमता राख्दछन् ।

अर्का फरवार्ड आन्द्रे सिल्भा पनि टोलीमा विकल्पका रुपमा छन् । रोनाल्डोले एकल फरवार्ड खेल्दा बेन्चमा बस्नुपर्ने बाध्यता उनलाई छ । सिल्भा यस सिजन २८ गोलसहित जर्मन बुन्डेसलिगाको दोस्रो सर्वाधिक गोलकर्ता थिए, एर्लिङ हालान्डभन्दा बढी ।

लिभरपुल पुगेयता २४ वर्षीय डिओगो जोटाले पनि उच्च प्रदर्शन गरेका थिए । उनले टोलीका लागि १३ गोल गरे । भ्यालेन्सियाका गोन्कालो ग्वेडेसको प्रदर्शन पनि राष्ट्रिय टोलीमा राम्रो रहेको छ ।

यसबाहेक मिडफिल्डबाट पनि आक्रमणलाई निकै सहयोग पुग्नेछ । म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेसले यस सिजन २८ गोल गर्दै आफ्नो स्तर सिद्ध गरेका छन् । युवा मिडफिल्डर पेड्रो गोन्साल्भेसले स्पोर्टिङ लिस्बनलाई लिग उपाधि जिताउने क्रममा २३ गोल गरेका थिए । उनी युरोपका उत्कृष्ट युवा खेलाडीमा पर्छन् ।

च्याम्पियन्स लिग फाइनल खेलेका बर्नार्डो सिल्भा पनि आक्रमणमा विकल्प छन् । लिललाई फ्रान्सेली लिगको उपाधि दिलाउँदा रेनाटो सान्चेसको प्रदर्शन उत्कृष्ट थियो । उनी सोहि प्रदर्शन पोर्चुगलबाट पनि निरन्तर गर्ने सुरमा हुनेछन् ।

यो पनि : युरो कपको खेल तालिका नेपाली समयअनुसार

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.