default_image

3 years ago

June 6, 2021

जोर्डनका प्रशिक्षकले गरे नेपालको तारिफ

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपालले सोमबार जोर्डनको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा दुवै टोलीका प्रशिक्षकले खेलबारे आफ्नो धारणा राखेका थिए । जोर्डनका प्रशिक्षक भिटाल बोर्केलमान्सले नेपाली टोलीको पछिल्लो प्रदर्शनको तारिफ गर्दै खेललाई सहज रुपमा नलिने बताएका छन् । ‘हामीले नेपालविरुद्ध खेलका लागि राम्रो तयारी गरेका […]

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपालले सोमबार जोर्डनको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा दुवै टोलीका प्रशिक्षकले खेलबारे आफ्नो धारणा राखेका थिए ।

जोर्डनका प्रशिक्षक भिटाल बोर्केलमान्सले नेपाली टोलीको पछिल्लो प्रदर्शनको तारिफ गर्दै खेललाई सहज रुपमा नलिने बताएका छन् । ‘हामीले नेपालविरुद्ध खेलका लागि राम्रो तयारी गरेका छौं । रणनीतिक रुपमा दुई साता प्रशिक्षणको अवसर पायौं । धेरैको अपेक्षा हामीले ३ अंक लिन्छौं, तर त्यो भनेजस्तो सहज हुँदैन । हाम्रो टोलीलाई राम्रो खेल्नुपर्छ भन्ने थाहा छ र खेलाडी त्यसका लागि तयार छन्,’ उनले भने ।

सन् २०१८ देखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेका बेल्जियन प्रशिक्षकले नेपालको पछिल्लो प्रदर्शन आफूले नजिकबाट हेरेको बताए । ‘इराक र ताइपेइविरुद्धको खेल हेरेको छु । नेपालको टोलीमा केहि परिवर्तन भएको छ । खेल्ने शैलीमा परिवर्तन देखेको छु,’ उनले भने, ‘हामीले विपक्षी भन्दापनि आफ्नो शैलीमा विश्वास गर्नुपर्छ । तीव्र गतिमा खेलेर नेपालविरुद्ध जित निकाल्ने हाम्रो लक्ष्य छ ।’

एसियन कपमा सिधै छनोट हुने र विश्वकप छनोटमा पनि अघि बढ्ने सम्भावना बलियो पार्न टोलीले जित्नुपर्ने दबाब छ । प्रशिक्षक बोर्केलमान्सले टोली त्यसको लागि तयार रहेको बताए । ‘मेरो टोली तयार छ । हामी विपक्षीलाई सधैं सम्मान गर्छौं । नेपालका नयाँ प्रशिक्षकलाई खेलको लागि शुभकामना छ,’ उनले थपे, ‘ मेरो लक्ष्य सधैं विपक्षीलाई आक्रमण गर्ने नै हुन्छ । आफ्नो खेलमा विश्वास गरेर नै अंक हासिल गर्न चाहन्छौं ।’

आफ्नो समयमा बेल्जियमको राष्ट्रिय टोलीबाट समेत खेलेका प्रशिक्षक बोर्केलमान्सले पहिलो खेल सधैं महत्त्वपूर्ण हुने र आगामी खेलका लागि मनोबल उच्च पार्न यसको महत्त्व बढेको बताए । ‘छनोटका बाँकी हामी तीन खेल खेल्दैछौँ । तर पहिलो खेल निकै महत्त्वपूर्ण हुन्छ । यस खेलको नतिजापछि मात्र अन्य खेलमा ध्यान दिनेछौं । खेलअघि नै धेरै सहज रुपमा लिने गल्ति हामी गर्ने छैनौं,’ उनले भने ।

यो पनि पढ्नुहोस् : जोर्डनविरुद्ध खेलअघि यस्तो छ प्रशिक्षक अलमुताइरीको भनाइ

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.