default_image

3 years ago

June 6, 2021

जोर्डनविरुद्ध यस्तो छ नेपालको इतिहास

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली यसपटक जितका साथ विश्व कप छनोटको सुरुवात गरेको थियो । छनोटका अन्तिम ३ खेलका लागि कुवेत पुगेको नेपालले चाइनिज ताइपेमाथि २–० को जित निकालेको थियो । पहिलो लेगमा पनि सोही टोलीलाई २–० ले हराएकोले यसपटकको जितलाई पनि ठूलो सफलताभन्दा पनि सफलताकै निरन्तरताका रुपमा हेरिएको छ । अब […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली यसपटक जितका साथ विश्व कप छनोटको सुरुवात गरेको थियो । छनोटका अन्तिम ३ खेलका लागि कुवेत पुगेको नेपालले चाइनिज ताइपेमाथि २–० को जित निकालेको थियो ।

पहिलो लेगमा पनि सोही टोलीलाई २–० ले हराएकोले यसपटकको जितलाई पनि ठूलो सफलताभन्दा पनि सफलताकै निरन्तरताका रुपमा हेरिएको छ । अब बाँकी खेलमा भने नेपाली टोलीको वास्तविक परिक्षा हुनेछ । नेपाली टोलीले सोमबार जोर्डनको सामना गर्दैछ । त्यसपछि जेठ २८ गते अष्ट्रेलियाको सामना गर्नेछ । ती दुई खेलपछि वास्तवमा नेपाली टोलीमा आएको भनिएको परिवर्तन खासमा महसुस गर्न सकिन्छ ।

चाइनिज ताइपेलाई हराउनु अघि इराकसँगको मैत्रीपूर्ण खेल ६–२ ले गुमएपछि समर्थकले नेपाली टोलीको प्रदर्शनको प्रसंशा गरेका थिए । नयाँ प्रशिक्षक अब्दुल्ला अलमुताइरीको रणनीतिलाई धेरैले तारिफ गरेका छन् । खासमा अलमुताइरीको रणनीतिको परिक्षा पनि जोर्डनसँगको खेलबाटै हुनेछ । नेपाल र जोर्डनबीच सोमबार नेपाली समय अनुसार राती ९:४५ बजे खेल सुरु हुनेछ ।

नेपाल र जोर्डनबीच अब हुने खेल चौथो हो । यसअघिका ३ खेलमा नेपालले जोर्डन हराउन सकेको छैन । एक पटक बराबरी रोक्नु नेपाली टोलीको जोर्डनविरुद्धको अहिले सम्मको सबैभन्दा सफल नतिजा हो । तर, त्यो एक दशक अघिको प्रसंग हो । त्यसयता नेपालीमा व्यापक परिवर्तन भएको छ ।

दश वर्षअघि जोर्डनसँग उसकै भूमिमा पहिलो लेगमा ९–० ले गुमाएको नेपालले दोस्रो लेगमा १–१ को बराबरी गरेको थियो । घरेलु मैदानमा नेपाली टोली जोर्डनलाई रोक्न सफल भएको थियो । त्यति बेला बेलायती प्रशिक्षक ग्राहम रोबर्टसको नेतृत्वमा नेपाली टोली विश्व कप छनोटमा उत्रेको थियो ।

पहिलो लेगमा ९–० ले पराजित भएपछि नेपाली टोलीको चर्को आलोचना भएको थियो । तर, त्यसको पाँच दिन पछि स्वदेशमा जोर्डनलाई बराबरीमा रोक्दा फेरि टोलीका उच्च प्रशंसा भएको थियो । यसपटकको विश्व कप छनोटमा पहिलो लेगमा नेपाल जोर्डनसँग उसकै मैदानमा ३–० को हार बेहोरेको थियो । अब यस पटकको दोस्रो लेगमा कस्तो नतिजा निस्कन्छ समर्थकका लागि चासोको विषय हुनेछ ।

जोर्डनसँग दश वर्ष यता राष्ट्रिय टोलीमा व्यापक परिवर्तन भइसकेको छ । त्यति बेला टोलीमा रहेका गोलकिपर किरण चेम्जोङ र डिफेन्डर रोहित चन्दबाहेक अहिले टोलीमा अर्को कुनै खेलाडी छैनन् । रंगशालामा भएको दोस्रो लेगमा भरत खवासले बराबरी गोल गर्दै नेपाललाई अंक दिलाएका थिए । चोट कारण भरतसहित त्यति बेला टोलीमा रहेका सुजल श्रेष्ठ चोटका कारण यसपटक टोलीमा समावेश छैनन् ।

नेपाल र जोर्डनको हेड टु हेड

२३ जुलाई २०११ – हार ० –९ – विश्वकप छनोट

२८ जुलाई २०११ – बराबरी १ –१ (भरत खवास) विश्व कप छनोट

१५ अक्टुबर २०१९- हार ० –३ विश्व कप छनोट

यो पनि पढ्नुहोस :

जोर्डन प्रशिक्षकले गरेको नेपालको तारिफ

जोर्डनविरुद्ध खेलअघि यस्तो छ प्रशिक्षक अलमुताइरीको भनाइ

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.