default_image

3 years ago

June 8, 2021

‘नेयमार बार्सिलोना फर्कन चाहदैनन्’

एजेन्सी – बार्सिलोनाको आर्थिक कारणले गर्दा आफ्नो टोलीका स्टार नेयमारलाई पुनः लिन नसक्ने पेरिस सेन्ट जर्मेन (पिएसजी) का अध्यक्ष नासिर अल खलिफाले बताएका छन् । उनले ब्राजिलियन नेयमार आफै पनि क्याम्प नोउ फर्कन नचाहेको दाबी पनि गरेका छन् । हालै नेयमारले पिएसजीसँगको नविकरण सन् २०२५ सम्म लम्ब्याइसकेका छन् । जसले गर्दा लिओनल मेस्सीसँगै पुनः नेयमारलाई […]

43 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाको आर्थिक कारणले गर्दा आफ्नो टोलीका स्टार नेयमारलाई पुनः लिन नसक्ने पेरिस सेन्ट जर्मेन (पिएसजी) का अध्यक्ष नासिर अल खलिफाले बताएका छन् । उनले ब्राजिलियन नेयमार आफै पनि क्याम्प नोउ फर्कन नचाहेको दाबी पनि गरेका छन् ।

हालै नेयमारले पिएसजीसँगको नविकरण सन् २०२५ सम्म लम्ब्याइसकेका छन् । जसले गर्दा लिओनल मेस्सीसँगै पुनः नेयमारलाई खेलाउने बार्सिलोनाको सपना तत्कालका लागि पूरा नहुने भएका छन् ।

‘बार्सिलोना नेयमारलाई फर्काउन निकै प्रयास गर्यो । तर हामीले त्यो प्रस्तावलाई अस्वीकार गर्यौं,’ खलिफाले भने, ‘मलाई लाग्छ बार्सिलोनामा केहि आर्थिक समस्या छ । तर त्यो उनीको आफ्नो विषय हो । बार्सिलोनाले जहिले पनि नेयमारलाई माया गरेको छ, यो कसैबाट लुकेको छैन ।’

खलिफाले थपे, ‘नेयमार त्यहाँ जान चाहदैनन् । यद्दपी उनी पिएसजी र पेरिसमा पूर्ण रुपमा घुलमिल हुन सकेका छैनन् । तर यदि तपाई उनलाई कल गर्नुहुन्छ भने उनले म पिएसजीमै खुसी छु भन्ने छन् ।’

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.