default_image

3 years ago

June 7, 2021

‘मेस्सी मात्र होइन, हरेक स्टार पिएसजी आउन चाहन्छन्’

एजेन्सी – सुपरस्टार लियोनल मेस्सीले बार्सिलोनासँग २ वर्षको सम्झौता नविकरण गर्ने लगभग निश्चित भइसकेपछि यो सिजन उनको सरुवाको चर्चा सेलाउँदै गएको छ । तथापी पेरिस सेन्ट जर्मेन (पिएसजी) का अध्यक्ष नासिर अल खलिफा अर्जेन्टिनी कप्तान मेस्सीलाई भित्राउन प्रयासरत छन् । गत सिजन मेस्सीले सरुवाका लागि बार्सिलोनालाई आग्रह गर्दै पत्र लेखेका थिए । तर त्यति बेला […]

56 views

0 Bookmark

एजेन्सी – सुपरस्टार लियोनल मेस्सीले बार्सिलोनासँग २ वर्षको सम्झौता नविकरण गर्ने लगभग निश्चित भइसकेपछि यो सिजन उनको सरुवाको चर्चा सेलाउँदै गएको छ । तथापी पेरिस सेन्ट जर्मेन (पिएसजी) का अध्यक्ष नासिर अल खलिफा अर्जेन्टिनी कप्तान मेस्सीलाई भित्राउन प्रयासरत छन् ।

गत सिजन मेस्सीले सरुवाका लागि बार्सिलोनालाई आग्रह गर्दै पत्र लेखेका थिए । तर त्यति बेला क्लबसँग थप विवाद हुने देखिएपछि सम्झौता अवधि सम्म त्यहि रहने निर्णय गरेको थिए । अहिले परिस्थिति बदलिएको छ । जुनको अन्त्यमा अहिलेको सम्झौता सकिने भएपनि उनी नयाँ सम्झौताको तयारीमा रहेको समाचार आइरहेका छन् । गएको जनवरीबाट मेस्सी फ्रि ट्रान्सफरका लागि उपलब्ध भइसकेका थिए ।

‘मेस्सी मात्र होइन, हरेक उत्कृष्ट खेलाडी पिएसजी आउन चाहन्छन् । तर सबैलाई एकै पटक सम्झौता गर्न सम्भव छैन,’ खलिफाले भने, ‘किनकी हामीसँग उत्कृष्ट खेलाडी छन् । मेस्सी भनेका मेस्सी हुन् । उनी उत्कृष्ट खेलाडी हुन् ।’

खलिफाले मेस्सीका विषयमा बार्सिलोनाका नयाँ अध्यक्ष जोन लापोर्टासँग पनि कुराकानी भएको बताएका छन् । उनले भने, ‘मेस्सीको सम्झौता टुंगिने क्रममा रहेकोले सबै क्लबले जनवरी १ बाट उनलाई भित्राउन प्रयास गर्न पाउने थिए । हामी पनि त्यसका लागि प्रयास गर्नेछौं भनेर मैले बार्सिलोनाका अध्यक्षलाई पनि भनेको थिए ।’

सञ्चारमाध्यममा मेस्सीले सम्झौता नविकरण गर्ने बताइरहँदा उनी आफैले भने यो विषयमा केहि बोलेका छैनन् । बार्सिलोना र उनीबीच दुई वर्षको सम्झौता नविकरण हुने सम्भावना रहेको बताइएको छ ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.