default_image

3 years ago

June 7, 2021

नेपाल विरुद्ध जोर्डन : सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले सातौं खेलमा सोमबार जोर्डनको सामना गर्दैछ । खेलको नेपाली समयअनुसार रातको ९:४५ बजे कान्तिपुर टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ । नेपाललाई एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना बलियो पार्न आजको खेलमा जित आवश्यक छ । यता जोर्डन भने विश्वकप […]

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले सातौं खेलमा सोमबार जोर्डनको सामना गर्दैछ । खेलको नेपाली समयअनुसार रातको ९:४५ बजे कान्तिपुर टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ ।

नेपाललाई एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना बलियो पार्न आजको खेलमा जित आवश्यक छ । यता जोर्डन भने विश्वकप छनोटओ अघिल्लो चरण तथा एसियन कपमा सिधै छनोट हुने लक्ष्यमा छ । आजको खेलमा जित हासील गरे जोर्डनले दोस्रो स्थानमा तीन अंकको अग्रता बनाउनेछ ।

समूहमा अष्ट्रेलियाको ५ खेलमा १५ अंक छ । दोस्रो स्थानमा कुवेतले ६ खेलमा १० तथा जोर्डनले ५ खेलमा १० अंक जोडेको छ । नेपालको ६ अंक हुँदा ताइपेइ अंकविहिन छ । आज नै हुने अर्को खेलमा अष्ट्रेलिया र चाइनिज ताइपेइ भिड्दैछन् । अष्ट्रेलियाले यो खेल जितेपछि समूहमा शीर्ष स्थान पक्का गर्नेछ ।

जोर्डनविरुद्ध नेपालको इतिहास

नेपाल र जोर्डनबीच अब हुने खेल चौथो हो । यसअघिका ३ खेलमा नेपालले जोर्डन हराउन सकेको छैन । एक पटक बराबरी रोक्नु नेपाली टोलीको जोर्डनविरुद्धको अहिले सम्मको सबैभन्दा सफल नतिजा हो । तर, त्यो एक दशक अघिको प्रसंग हो । त्यसयता नेपालीमा व्यापक परिवर्तन भएको छ ।

दश वर्षअघि जोर्डनसँग उसकै भूमिमा पहिलो लेगमा ९–० ले गुमाएको नेपालले दोस्रो लेगमा १–१ को बराबरी गरेको थियो । घरेलु मैदानमा नेपाली टोली जोर्डनलाई रोक्न सफल भएको थियो । त्यति बेला बेलायती प्रशिक्षक ग्राहम रोबर्टसको नेतृत्वमा नेपाली टोली विश्व कप छनोटमा उत्रेको थियो ।

पहिलो लेगमा ९–० ले पराजित भएपछि नेपाली टोलीको चर्को आलोचना भएको थियो । तर, त्यसको पाँच दिन पछि स्वदेशमा जोर्डनलाई बराबरीमा रोक्दा फेरि टोलीका उच्च प्रशंसा भएको थियो । यसपटकको विश्व कप छनोटमा पहिलो लेगमा नेपाल जोर्डनसँग उसकै मैदानमा ३–० को हार बेहोरेको थियो । अब यस पटकको दोस्रो लेगमा कस्तो नतिजा निस्कन्छ समर्थकका लागि चासोको विषय हुनेछ ।

जोर्डनसँग दश वर्ष यता राष्ट्रिय टोलीमा व्यापक परिवर्तन भइसकेको छ । त्यति बेला टोलीमा रहेका गोलकिपर किरण चेम्जोङ र डिफेन्डर रोहित चन्दबाहेक अहिले टोलीमा अर्को कुनै खेलाडी छैनन् । रंगशालामा भएको दोस्रो लेगमा भरत खवासले बराबरी गोल गर्दै नेपाललाई अंक दिलाएका थिए । चोट कारण भरतसहित त्यति बेला टोलीमा रहेका सुजल श्रेष्ठ चोटका कारण यसपटक टोलीमा समावेश छैनन् ।

नेपाल र जोर्डनको हेड टु हेड

२३ जुलाई २०११ – हार ० –९ – विश्वकप छनोट

२८ जुलाई २०११ – बराबरी १ –१ (भरत खवास) विश्व कप छनोट

१५ अक्टुबर २०१९- हार ० –३ विश्व कप छनोट

नेपाल जितको लक्ष्यसहित खेल्ने

खेलको पूर्वसन्ध्यामा बोल्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन नेपालभन्दा बलियो टोली भएपनि जितको लक्ष्यसाथ नै उत्रने बताएका छन् । ‘कतिपय संचारमाध्यममा जोर्डन निकै बलियो रहेको र नेपालको कुनै सम्भावना नरहेको भन्ने देखेको छु । तर फुटबलमा त्यसो हुँदैन । हामीले उत्तर म्यासेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं,’ उनले भने, ‘जोर्डन बलियो टोली हो । हामीले उक्त खेलका लागि आफ्नो तर्फबाट मिहिनेत गरिरहेका छौं ।’

‘दुवै टोलीका लागि खेल गोलरहित बराबरीमा सुरु हुने हो । मैदानमा गरेको प्रदर्शन अनुसार नै नतिजा आउँछ । हामी खेलको हरेक मिनेट राम्रो प्रदर्शन गर्न लागिरहेका छौं । सुरुवातदेखि नै हाम्रो लक्ष्य जित हासिल गर्नु नै हुनेछ,’ उनले भने,’ एसियन कपमा छनोट हुने हाम्रो लक्ष्य हो । त्यसका लागि यो खेलमा जित आवश्यक छ ।’

जोर्डनबारे कति जानकारी छ भन्ने प्रश्नमा उनले अन्य विपक्षीजस्तै टोलीले आफ्नो स्थानबाट सक्दो तयारी गरिरहेको बताए । पछिल्लो खेलमा ताइपेइविरुद्ध गरेको अध्ययनले जितका लागि सहज भएको उनले बताएका थिए । नेपाल र जोर्डनको खेलको नतिजामा कुवेतको एसियन कप खेल्ने सम्भावना पनि अडिएको छ । कुवेतकै नागरिक भएको हुनाले पनि जोर्डनविरुद्ध खेल थप विशेष हुने प्रशिक्षक अलमुताइरीले बताए ।

प्रशिक्षक अलमुताइरीले खेलमा नतिजा हासिल गर्न खेलाडीको मानसिकता कस्तो छ भन्ने निकै महत्त्वपूर्ण हुने र त्यसमा टोलीले राम्रो गरेको बताए । ‘खेलाडीको मानसिकता बदलिएको छ । खेलाडीहरु उच्च मनोबलका साथ खेलिरहेका छन् । ग्रिसले सन् २००४ मा युरो जित्दा कसले सोचेको थियो र ? हामीले नतिजाका लागि भन्दापनि उच्च प्रदर्शन गर्ने लक्ष्य लिएर खेल्ने हो । मिहिनेतअनुसार हामीले नतिजा हासिल गर्ने नै छौं,’ उनले भने ।

जोर्डनको प्रशिक्षक सचेत

यता जोर्डनका प्रशिक्षक भिटाल बोर्केलमान्सले नेपाली टोलीको पछिल्लो प्रदर्शनको तारिफ गर्दै खेललाई सहज रुपमा नलिने बताएका छन् । ‘हामीले नेपालविरुद्ध खेलका लागि राम्रो तयारी गरेका छौं । रणनीतिक रुपमा दुई साता प्रशिक्षणको अवसर पायौं । धेरैको अपेक्षा हामीले ३ अंक लिन्छौं, तर त्यो भनेजस्तो सहज हुँदैन । हाम्रो टोलीलाई राम्रो खेल्नुपर्छ भन्ने थाहा छ र खेलाडी त्यसका लागि तयार छन्,’ उनले भने ।

सन् २०१८ देखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेका बेल्जियन प्रशिक्षकले नेपालको पछिल्लो प्रदर्शन आफूले नजिकबाट हेरेको बताए । ‘इराक र ताइपेइविरुद्धको खेल हेरेको छु । नेपालको टोलीमा केहि परिवर्तन भएको छ । खेल्ने शैलीमा परिवर्तन देखेको छु,’ उनले भने, ‘हामीले विपक्षी भन्दापनि आफ्नो शैलीमा विश्वास गर्नुपर्छ । तीव्र गतिमा खेलेर नेपालविरुद्ध जित निकाल्ने हाम्रो लक्ष्य छ ।’

एसियन कपमा सिधै छनोट हुने र विश्वकप छनोटमा पनि अघि बढ्ने सम्भावना बलियो पार्न टोलीले जित्नुपर्ने दबाब छ । प्रशिक्षक बोर्केलमान्सले टोली त्यसको लागि तयार रहेको बताए । ‘मेरो टोली तयार छ । हामी विपक्षीलाई सधैं सम्मान गर्छौं । नेपालका नयाँ प्रशिक्षकलाई खेलको लागि शुभकामना छ,’ उनले थपे, ‘ मेरो लक्ष्य सधैं विपक्षीलाई आक्रमण गर्ने नै हुन्छ । आफ्नो खेलमा विश्वास गरेर नै अंक हासिल गर्न चाहन्छौं ।’

आफ्नो समयमा बेल्जियमको राष्ट्रिय टोलीबाट समेत खेलेका प्रशिक्षक बोर्केलमान्सले पहिलो खेल सधैं महत्त्वपूर्ण हुने र आगामी खेलका लागि मनोबल उच्च पार्न यसको महत्त्व बढेको बताए । ‘छनोटका बाँकी हामी तीन खेल खेल्दैछौँ । तर पहिलो खेल निकै महत्त्वपूर्ण हुन्छ । यस खेलको नतिजापछि मात्र अन्य खेलमा ध्यान दिनेछौं । खेलअघि नै धेरै सहज रुपमा लिने गल्ति हामी गर्ने छैनौं,’ उनले भने ।

नेपालको सम्भावित ११

नेपालले पछिल्लो खेलमा फरवार्ड नवयुग श्रेष्ठ र मनिष डाँगीलाई दोस्रो हाफमा मैदान प्रवेश गराएको थियो । दुवैले खेलमा प्रभावशाली प्रदर्शन गर्दा नवयुगले टोलीको दोस्रो गोल समेत गरेका थिए । प्रशिक्षक अलमुताइरीले खेलपछि बोल्दै आफ्नो रणनीति अनुसार नै दुवैलाई बेन्चमा राखेको र दोस्रो हाफमा खेल आफ्नै पक्षमा राख्न सहज रहेको बताएका थिए ।

आजको खेलमा दुवैले सुरुवात गर्ने बलियो सम्भावना छ । गोलरक्षकमा कप्तान किरण चेम्जोङ नै नियमित खेल्नेछन् । डिफेन्समा पनि पछिल्लो खेलमा कुनै गल्ति नभएकाले परिवर्तन हुने संभवाना देखिदैन । सेन्टर डिफेन्समा रोहित चन्द र अनन्त तामाङ खेल्दा राइट ब्याकमा गौतम श्रेष्ठ र लेफ्ट ब्याकमा सुमन अर्यालले नै निरन्तरता दिनेछन् ।

आजको खेलमा मिडफिल्डमा पनि परिवर्तन हुने सम्भावना कम छ । इराक र ताइपेइविरुद्ध उत्रिएको जोडी नै खेल्ने देखिन्छ । पुजनले रक्षात्मक मिडफिल्डरको भूमिकामा खेल्ने पक्का जस्तै छ । सन्तोष तामाङ र सुमन लामा केहि अघि खेल्नेछन् । अलमुताइरीले केहि रक्षात्मक हुन चाहेमा विशाल राई र एरिक विष्ट पनि विकल्पमा छन् ।

आक्रमणमा पछिल्लो खेलमा गोल गरेका अन्जन विष्ट सुरुवाती रोजाइमा पक्का खेल्नेछन् । त्यसबाहेक सुनिल बल र आशिष लामालाई स्थान बनाउन कठिन देखिन्छ । नवयुग र मनिषले लगातार राम्रो खेलेकाले दुवै सुरुवाती ११ मा आउन सक्छन् ।

नेपालले एसियन कप खेल्न यस्तो छ समिकरण

ताइपेइविरुद्ध अवे खेलमा विजयी भएको नेपालले कुवेतमा भएको घरेलु खेलमा पनि ताइपेइमाथि जित हासिल गर्यो । अंक तालिकामा ६ खेलमा ६ अंक जोड्दै नेपाल अब कम्तिमा चौथो स्थान रहने पक्का भएको छ । अंकविहिन ताइपेइ भने पुछारमा रहँदै अब एसियन छनोटको तेस्रो चरणमा पुग्न प्लेअफ खेल्नुपर्ने छ ।

नेपालको हकमा भने प्लेअफ नखेली सिधै एसियन छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर छ । तर त्यो त्यति सहज भने छैन । नेपालले अब बाँकी रहेको दुई खेलमध्ये कम्तिमा एक खेल जित्नैपर्ने समिकरण छ । र उक्त खेल जितेपछि अन्य समूहको नतिजाले पनि नेपालको भविष्य निर्धारण गर्छ ।

छनोटको नियम अनुसार प्रतिस्पर्धामा रहेका आठ समूहका चौथो स्थानमा रहने टोलीबीच शीर्ष ४ ले तेस्रो चरणमा स्थान बनाउनेछन् भने पुछारका चार र पाँचौ स्थान हासिल गर्ने टोलीले प्लेअफ खेल्नुपर्ने छ ।

तर समूह एचमा रहेको उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएपछि उक्त स्थान निर्धारण गर्दा समूहको अन्तिममा रहेको टोलीसँगको नतिजा गणना हुने छैन । यसले नेपाललाई भने घाटा पुगेको छ । हाल चौथो स्थानमा रहने टोलीहरुको तालिकामा नेपाल पुछारमा छ र कम्तिमा जोर्डन र अष्ट्रेलियामध्य एक टोलीविरुद्ध जित हासिल गर्नैपर्ने समीकरण छ ।

अब बाँकी खेलमध्ये नेपालले जित हासिल गर्न नसकेको खण्डमा एसियन कप छनोटको तेस्रो चरण खेल्न प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ । प्लेअफ चरणमा छनोटको समूह पाँचौ स्थानमा रहेका टोली र चौथो स्थानमा रहेका पुछारका चार टोलीले खेल्नेछन् । हालसम्म श्रीलंका र इन्डोनेसियाले प्लेअफ खेल्ने पक्का भएको छ । ताइपेइ पनि पुछारमा रहने सम्भावना छ ।

प्लेअफमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्लेअफको पहिलो राउन्डमा १२ टोलीलाई दुई पटमा विभाजन गरिनेछ । पहिलो राउन्डको खेलमा दुई लेगको खेलमा विजयी हुने टोली एसियन कप छनोटको तेस्रो चरणमा पुग्नेछ । त्यस्तै पहिलो राउन्डमा पराजित हुने ६ टोलीले पुन: अर्को अवसर पाउनेछन् । दोस्रो राउन्डका विजयी ३ टोलीले पनि एसियन कप छनोट तेस्रो चरणमा स्थान बनाउनेछन् ।

एसियन कप छनोटको तेस्रो चरणमा २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ४-४ टोलीको ६ समूह हुनेछ । हरेक समूहको शीर्ष दुई टोलीले एसियन कपमा स्थान पक्का गर्नेछन् । प्रतियोगिताको आयोजक चीनले यस छनोटमा सहभागी भएर शीर्ष २ स्थान हासिल गर्न नसकेको खण्डमा भने ११ टोली मात्र अघि बढ्नेछन् । चीनले अहिले चलिरहेको विश्वकप तथा एसियन छनोटको दोस्रो चरणबाट नै एसियन कपमा स्थान पक्का गर्ने सम्भावना पनि छ ।

एसियन कपमा छनोट हुने समीकरणका लागि अब नेपालले यथार्थ रुपमा भन्नुपर्दा प्लेअफकै बाटो लिने देखिन्छ । जोर्डन र अष्ट्रेलियाविरुद्ध कठिन खेलमा जित हासिल गर्न नेपाललाई सहज छैन । यस्तो अवस्थामा नेपालले प्लेअफ हुँदै एसियन कपको तेस्रो चरणमा स्थान बनाउने बलियो सम्भावना छ ।

प्लेअफमा नेपालले अन्य समूहमा चौथो वा पाँचौ रहेको टोलीलाई दुई लेगको खेलमा हराउनुपर्ने छ । यदि प्लेअफको पहिलो राउन्डमा पराजित भएपनि अर्को राउन्डमा पराजित मध्यकै टोलीलाई दुइ लेगको खेलमा हराए पुग्छ ।

त्यस प्लेअफ जितेर एसियन कप छनोटको तेस्रो चरणमा नेपाल ४ टोली रहेको समूहमा हुनेछ । उक्त समूहको शीर्ष दुई स्थानमा रहे नेपालले इतिहासमा पहिलो पटक एसियन कप खेल्नेछ ।

यो पनि पढ्नुहोस : ‘खेल्ने शैली फेरिएको छ’ – फरवार्ड अन्जन

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.