default_image

3 years ago

June 7, 2021

जोर्डनविरुद्ध नेपाली टोलीमा ३ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोट तथा एसिया कप छनोट अन्तर्गत सातौं खेलमा जोर्डनविरुद्ध टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले केहि रक्षात्मक रणनीति अपनाउँदै टोलीमा परिवर्तन गरेका हुन् । अघिल्लो खेलबाट सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठ टोलीबाट बाहिरिएका छन् । जोर्डनविरुद्ध अभिषेक रिजाल, दीनेश राजवंशी […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोट तथा एसिया कप छनोट अन्तर्गत सातौं खेलमा जोर्डनविरुद्ध टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले केहि रक्षात्मक रणनीति अपनाउँदै टोलीमा परिवर्तन गरेका हुन् । अघिल्लो खेलबाट सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठ टोलीबाट बाहिरिएका छन् । जोर्डनविरुद्ध अभिषेक रिजाल, दीनेश राजवंशी र विकास खवास टोलीमा आएका छन् ।

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन् । डिफेन्समा अनन्त तामाङ र रोहित चन्द छन् । विंगब्याकमा विकास खवास र दिनेश राजवंशी रहेका छन् । सुमन अर्यालले मिडफिल्डमा स्थान बनाएपनि रक्षात्मक रुपमा उनले साथ दिनेछन् । खेलमा भने सुमन अर्याल लेफ्ट ब्याकमा रहेर विकासले डिफेन्सको बीचमा खेल्ने सम्भावना पनि छ ।

पुजन उपरकोटी र सन्तोष तामाङले सेन्टर मिडफिल्ड सम्हाल्नेछन् । आक्रमणमा सुमन लामा र अभिषेक रिजाल रहेका छन् । यी दुईले अन्जन विष्टलाई आक्रमणमा साथ दिनेछन् ।

यो पनि पढ्नुहोस : नेपाल विरुद्ध जोर्डन : सम्पूर्ण जानकारी

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.