default_image

3 years ago

June 8, 2021

कप्तान क्षेत्रीको दुई गोल, विश्वकप छनोटमा भारतको पहिलो जित

एजेन्सी – भेट्रान फरवार्ड तथा कप्तान सुनिल क्षेत्रीको दुई गोल मद्दतमा भारतले फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को छनोटमा पहिलो जित दर्ता गरेको छ । दोहास्थित जसिम विन हमाद स्टेडियममा सोमबार राति भएको खेलमा भारतले बंगलादेशलाई २–० ले पराजित गर्दै छनोटमा पहिलो जित निकाल्दा एसियन कपमा छनोट हुने सम्भावना जीवितै राखेको छ […]

46 views

0 Bookmark

एजेन्सी – भेट्रान फरवार्ड तथा कप्तान सुनिल क्षेत्रीको दुई गोल मद्दतमा भारतले फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को छनोटमा पहिलो जित दर्ता गरेको छ ।

दोहास्थित जसिम विन हमाद स्टेडियममा सोमबार राति भएको खेलमा भारतले बंगलादेशलाई २–० ले पराजित गर्दै छनोटमा पहिलो जित निकाल्दा एसियन कपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । छनोटमा भारतको यो पहिलो जित हो । ३ खेलमा हार बेहोरेको भारतले ३ खेलमा बराबरीको नतिजा निकालेको थियो ।

बंगलदेशलाई खेलको शुरुवातदेखि नै दवावमा राखेपनि भारतले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । बंगलादेशको रक्षापङ्ति निकै व्यस्त बनेको थियो । ७९औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले हेडमार्फत गोल गर्दै गोलको खाता खोले । आशिकि कुरुनियानको क्रसलाई सिक्स यार्ड बक्समा अनमार्क रहेका उनले हेडमार्फत गोल गर्न सफल भएका थिए ।

९०औं मिनेटमा सुनिल क्षेत्रीले सुरेश सिंहको पासमा पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै भारतको जित पक्का गरे । विश्वकप र एसियन छनोटमा उनको यो दोस्रो गोल हो । भारतको सर्वाधिक गोलकर्ता रहेका उनले यो गोलसँगै आफ्नो गोलसङ्ख्या ७४ पुर्‍याएका छन् । उनले ११७ क्याप जितेका छन् ।

उनी सक्रिय फुटबल खेल्दै सर्वाधिक गोलकर्ताको सुचीमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोभन्दा मात्रै पछि छन् । अल टाइममा भने उनी १०औं स्थानमा रहेका छन् । इरानका अली दाई (१०९) गोल शीर्षस्थानमा रहेका छन् ।

यो जितसँगै समूह ‘ई’ मा भारत ७ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको अफगानिस्तान ५ अंक जोडेर चौथो स्थानमा रहेको छ । पराजित बंगलादेश २ अंक जोडेर पुछारमा रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.