default_image

3 years ago

June 10, 2021

बार्सिलोनालाई पछि पार्दै पीएसजीले वाइनाल्डम भित्र्यायो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब लिभरपुलका डच मिडफिल्डर जर्जिन्हो वाइनाल्डमलाई अनुबन्ध गर्न सफल भएको छ । पीएसजीले ३० वर्षीय मिडफिल्डरलाई ३ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो । पीएसजीले बार्सिलोनाले भन्दा दोब्बर पारिश्रमिक दिदै वाइनाल्डमलाई फ्रि ट्रान्सफरमा भित्र्याएको हो । उनी २०२४ को […]

43 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब लिभरपुलका डच मिडफिल्डर जर्जिन्हो वाइनाल्डमलाई अनुबन्ध गर्न सफल भएको छ ।

पीएसजीले ३० वर्षीय मिडफिल्डरलाई ३ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो । पीएसजीले बार्सिलोनाले भन्दा दोब्बर पारिश्रमिक दिदै वाइनाल्डमलाई फ्रि ट्रान्सफरमा भित्र्याएको हो । उनी २०२४ को सिजनको अन्त्यसम्म क्लबमा रहनेछन् । उनको वार्षिक पारिश्रमिक करपछि ८.६ मिलियन पाउन्ड हुने बुझिएको छ ।

वाइनाल्डम अनुबन्धको लागि जर्मन च्याम्पियन बायर्न म्युनिखसँगै बार्सिलोनाले पनि चासो देखाएको थियो । पीएसजीको प्रस्तावअघि वाइनाल्डमले बार्सिलोना जान मौखिक सहमति गरिसकेको खबर सार्वजनिक भएको थियो । पीएसजीले वाइनाल्डमलाई अनुबन्धको घोषणा गरेपनि उनी यो महिनाको अन्त्यपछि मात्रै पीएसजीको आधिकारिक खेलाडी हुनेछन् । लिभरपुलमा उनको सम्झौता यो महिनासँगै सकिदैछ ।

बार्सिलोनामा अनुबन्ध नजिक पुगेका वाइनाल्डमले अन्तिम समयमा पीएसजी जाने निर्णय गरेका थिए । उनी हल्यान्डका आफ्ना पुर्वप्रशिक्षक रोनाल्ड कोम्यानसँग पुनः सँगै हुने आँकलन गरिएपनि उनले अन्तिम समयमा पीएसजी रोज्न पुगे । वाइनाल्डम ५ वर्ष लिभरपुल बसाईमा योर्गेन क्लोपको लागि मुख्य खेलाडी रहँदै आएको थिए।

वाइनाल्डमलाई अनुबन्ध नसकेपछि बार्सिलोना मेम्फिस डिपाए अनुबन्धको तयारीमा जुटेको छ । कोम्यानको नजरमा डिपाए अघिल्लो सिजनदेखि नै रहँदै आएको छ । बार्सिलोनाले यो सिजनका लागि तीन खेलाडी अनुबन्ध गरिसकेको छ ।

फ्रि ट्रान्सफरमा म्यानचेस्टर सिटीबाट सर्जियो अगुएरो र एरिक गार्सिया अनुबन्ध गरेको बार्सिलोनाले रियल बेटिसबाट इमर्सन रोयललाई अनुबन्ध गरिसकेको छ । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले कोम्यानको प्रशिक्षणमा पहिलो सिजन ला लिगा र च्याम्पियन्स लिग जित्न नसकेपनि उनको सम्झौता नविकरण गरेको छ ।

२०१६–१७ को सिजनमा न्यु क्यासलबाट लिभरपुल आएर पाँच सिजन बिताउँदा वाइनाल्डमले २३७ खेलमा २२ गोल गरेका छन् । उनले यो सिजन लिभरपुलबाट ५१ खेल खेल्दै ३ गोल गरेका छन् । उनले डच टोलीबाट ७४ खेलमा २२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । वाइनाल्डमले लिभरपुलबाट समान एकपटक च्याम्पियन्स लिग, प्रिमियर लिग, युएफए सुपर कप र फिफा क्लब विश्वकप जितेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.