default_image

3 years ago

June 9, 2021

जिरुडको दुई गोलमा फ्रान्सको सानदार जित

एजेन्सी – सब्सिच्युट फरवार्ड ओलिभर जिरुडको दुई गोल मद्दतमा विश्वविजेता फ्रान्सले युरोपेली च्याम्पियनसिप अघिको अन्तिम तयारी खेलमा फराकिलो जित निकालेको छ । पेरिसमा मंगलबार राति भएको खेलमा फ्रान्सले बुल्गेरियामाथि ३–० को सानदार जित हात पारेको हो । अघिल्लो अभ्यास खेलमा पनि फ्रान्सले वेल्समाथि ३–० कै जित निकालेको थियो । फ्रान्सका लागि अर्काे एक गोल एन्टोइन […]

84 views

0 Bookmark

एजेन्सी – सब्सिच्युट फरवार्ड ओलिभर जिरुडको दुई गोल मद्दतमा विश्वविजेता फ्रान्सले युरोपेली च्याम्पियनसिप अघिको अन्तिम तयारी खेलमा फराकिलो जित निकालेको छ ।

पेरिसमा मंगलबार राति भएको खेलमा फ्रान्सले बुल्गेरियामाथि ३–० को सानदार जित हात पारेको हो । अघिल्लो अभ्यास खेलमा पनि फ्रान्सले वेल्समाथि ३–० कै जित निकालेको थियो । फ्रान्सका लागि अर्काे एक गोल एन्टोइन ग्रिजमनले गरे ।

खेलको १९औं मिनेटमा ग्रिजमनले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । फरवार्ड करिम बेन्जेमाले चोट बोकेपछि ४१औं मिनेटमा ओलिभर जिरुडको मौका पाएका थिए । उनले उक्त मौकाको फाइदा उठाउन सफल भए । फ्रान्सको दोस्रो सर्वाधिक गोलकर्ता रहेका जिरुडले ८३औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । उनले बेन्जामिन पाभार्डको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा नै विसाम विन यडरको पासमा जिरुडले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सलाई प्रभावशाली जित दिलाए । उनले फ्रान्सका लागि १०८ खेलमा ४६ गोल गरेका छन् । उनीभन्दा अघि थिएरी हेनरीले १२३ खेलमा ५१ गोल गरेका छन् ।

अब समूह ‘एफ’ मा रहेको फ्रान्सले अर्काे साता जर्मनीसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ । त्यसपछि १९ जनुमा हंगेरी र २३ जुनमा पोर्चुगलसँग खेल्नेछ । युरोकपमा छनोट हुन असफल बुल्गेरियाले अब आगमी सेप्टेम्वरमा विश्वकप छनोट खेल्नेछ ।

यो पनि : युरो कपको खेल तालिका नेपाली समयअनुसार

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.