default_image

3 years ago

June 9, 2021

अर्जेन्टिना बराबरीमा रोकियो

एजेन्सी – अन्तिम समय सम्हालिन नसक्दा दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना कोलम्वियासँग बराबरीमा रोकिएको छ । अर्जेन्टिनाले २–० को अग्रता लिएरपनि जोगाउन नसक्दा घरेलु टोली कोलम्वियासँग २–२ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफको १० मिनेटभित्रै दुई गोल गरेको अर्जेन्टिनाले त्यसलाई जोगाउन नसक्दा अर्काे बराबरीको नतिजा निकाल्न बाध्य बन्यो । बुधबार बिहान भएको खेलको तेस्रो […]

224 views

0 Bookmark

एजेन्सी – अन्तिम समय सम्हालिन नसक्दा दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना कोलम्वियासँग बराबरीमा रोकिएको छ । अर्जेन्टिनाले २–० को अग्रता लिएरपनि जोगाउन नसक्दा घरेलु टोली कोलम्वियासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफको १० मिनेटभित्रै दुई गोल गरेको अर्जेन्टिनाले त्यसलाई जोगाउन नसक्दा अर्काे बराबरीको नतिजा निकाल्न बाध्य बन्यो । बुधबार बिहान भएको खेलको तेस्रो मिनेटमा नै क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगो डि पउलको पासमा गोल गरेका थिए ।

आठौं मिनेटमा निकोलस गोन्जालेजको पासमा लियान्द्रो ड्यानियल पारेडेसले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको घरेलु टोलीले दोस्रो हाफको सुरुमै गोल गर्दै खेलमा फर्कने संकेत दियो । ५१औं मिनेटमा निकोलस ओटामेन्डीले मेटस युरिवेलाई पेनाल्टी बक्समा एल्वो प्रहार गरेपछि प्राप्त पेनाल्टीमा लुइस मुरिएल चुकेनन् ।

५८औं मिनेटमा कप्तान लियोनेल मेस्सीको फ्रिकिकलाई कोलम्वियाका गोलरक्षक डेभिड ओस्पिनाले पञ्च गर्दै बचाए । ६५औं मिनेटमा मेस्सीकै प्रहारमा ओस्पिना बाधक बने । ७१औं मिनेटमा लुइस मुरिएलले सुवर्ण अवसर खेर फाल्दा कोलम्विया बराबरीबाट चुक्यो । ७७औं मिनेटमा यारी मिनाले प्रहार पोस्ट नजिकैबाट बाहिरिदा कोलम्विया चुकचुकायो ।

८५औं मिनेटमा लोउटारो मार्टिनेजको क्रसमा कप्तान मेस्सीको हाफ भली प्रहार ओस्पिनाले नियन्त्रणमा लिन नसकेपनि डाभिन्सन साञ्चेजले राम्ररी क्लियर गर्न नसकेको बललाई पालासिओले भेटेपनि सदुपयोग गर्न सकेनन् । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मिगुएल बोर्जाले जुआन कोर्डाडोको पासमा गोल गर्दै कोलम्वियालाई हारबाट जोगाए ।

बराबरीपछि दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ६ खेलबाट १२ अंक पुगेको छ । कोलम्विया ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यो पनि पढ्नुहोस : जिरुडको दुई गोलमा फ्रान्सको सानदार जित

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.