default_image

3 years ago

June 9, 2021

लाजियोको प्रशिक्षकमा सार्री

एजेन्सी – इटालियन क्लब लाजियोले मौरिसियो सार्रीलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । लाजियोलाई युभेन्टसका पुर्व प्रशिक्षकलाई दुई वर्षको लागि क्लबको प्रशिक्षकमा नियक्त गरेको हो । यो सम्झौतासँगै उनी २०२३ सम्म लाजियोमा रहनेछन् । आफ्ना प्रशिक्षक सिमओन इन्झागीले इटालियन च्याम्पियन इन्टर मिलान रोजेपछि लाजियो नयाँ प्रशिक्षकको खोजीमा रहेको थियो । एन्टेनियो कोन्टेले इन्टरलाई च्याम्पियन […]

56 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब लाजियोले मौरिसियो सार्रीलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । लाजियोलाई युभेन्टसका पुर्व प्रशिक्षकलाई दुई वर्षको लागि क्लबको प्रशिक्षकमा नियक्त गरेको हो ।

यो सम्झौतासँगै उनी २०२३ सम्म लाजियोमा रहनेछन् । आफ्ना प्रशिक्षक सिमओन इन्झागीले इटालियन च्याम्पियन इन्टर मिलान रोजेपछि लाजियो नयाँ प्रशिक्षकको खोजीमा रहेको थियो । एन्टेनियो कोन्टेले इन्टरलाई च्याम्पियन बनाउँदै क्लब छाडेका थिए ।

६२ वर्षीय सार्री ११ महिना प्रशिक्षणविहीन बनेका थिए । युभेन्टसले ८ अगस्ट २०२० मा सार्रीलाई बर्खास्त गरेको थियो । उनको स्थानमा युभेन्टसले आन्द्रे पिर्लाेलाई मुख्य प्रशिक्षक बनाएको थियो । आन्द्रे पिर्लाे पनि युभेन्टसबाट बर्खास्त भइसकेका छन् । उनको स्थानमा मासिमिलियनो एलेग्री प्रशिक्षक बनेका छन् ।

लाजियोले सार्रीले धुम्रपान गर्दै गरेको, लाजियोको ट्रयाकसुट, लाजियोको टोली र बैंक झल्काउने तस्विर राख्दै उनी क्लबको प्रशिक्षक बनेको पक्का गरेका छन् । पुर्व बैंक म्यानेजरसमेत रहेका सार्री टचलाइनमै धुम्रपान गर्ने आलोचित प्रशिक्षकको रुपमा चिनिन्छन् ।

इंग्लिस क्लब चेल्सीका समेत प्रशिक्षक रहेका उनले लाजियोको प्रशिक्षक बनेसँगै उनले चेल्सीकै पुर्व मिडफिल्डर रुवेन लफटस चिकलाई अनुबन्ध गर्ने प्रयास थालेको छ । चेल्सीले युरोपा लिग जित्दा सार्री प्रशिक्षक र लफटस खेलाडी रहेका थिए । रुवेन लफटसको चेल्सीसँग सम्झौता २०२४ सम्म रहेको छ । तर उनले गत सिजन फुलहममा लोनमा खेलेका छन् ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.