default_image

3 years ago

June 10, 2021

सिल्भालाई समेट्दै ब्राजिलको टोली घोषणा

एजेन्सी – भेट्रान तथा अनुभवी डिफेन्डर थियागो सिल्भालाई समेट्दै घरेलु मैदानमा यसैसातादेखि आयोजना हुने कोपा अमेरिका कपको लागि ब्राजिल फुटबल कन्फेडेरेसन (सिबिएफ) ले ब्राजिलको टोली घोषणा गरेको छ । सिबिएफ र टोलीका मुख्य प्रशिक्षक टिटेले भेट्रान सेन्टरब्याक थियागो सिल्भालाई समेट्दै २४ सदस्यीय टोली घोषणा गरेका हुन् । इंग्लिस क्लब चेल्सीलाई च्याम्पियन्स लिग जिताउन महत्वपुर्ण भुमिका […]

77 views

0 Bookmark

एजेन्सी – भेट्रान तथा अनुभवी डिफेन्डर थियागो सिल्भालाई समेट्दै घरेलु मैदानमा यसैसातादेखि आयोजना हुने कोपा अमेरिका कपको लागि ब्राजिल फुटबल कन्फेडेरेसन (सिबिएफ) ले ब्राजिलको टोली घोषणा गरेको छ ।

सिबिएफ र टोलीका मुख्य प्रशिक्षक टिटेले भेट्रान सेन्टरब्याक थियागो सिल्भालाई समेट्दै २४ सदस्यीय टोली घोषणा गरेका हुन् । इंग्लिस क्लब चेल्सीलाई च्याम्पियन्स लिग जिताउन महत्वपुर्ण भुमिका निर्वाह गरेका ३६ वर्षीय सिल्भाले चोटका कारण इक्वेडर र पाराग्वेविरुद्ध जित हात पारेको विश्वकप छनोटको खेल गुमाएका थिए ।

२९ मेमा भएको च्याम्पियन्स लिगको फाइनलमा उनलाई चोट लागेको थियो । प्रशिक्षक टिटेको उनको चोटको अवस्थालाई मध्यनजर गर्दै अन्तिम समयमा टोलीमा समेटेका हुन्।

टिटेको टोलीमा बार्सिलोनाका राइट ब्याक इमर्सन, एट्लेटिको म्याड्रिडका सेन्टरब्याक फिलिपेलाई टोलीमा समेट्दा साओपाउलोका भेट्रान डिफेन्डर ड्यानी आल्भेस र बेन्फिकाका डिफेन्डर लुकास भेरिससिमोले चोटका कारण टोलीमा स्थान बनाउन सकेनन् । टिटेको टोलीमा क्लब फुटबलमा प्रभाव जमाइरहेका नेयमार, एसिलन बेकर र क्यासमिरोले स्वभाविक रुपमा टोलीमा स्थान बनाएका छन् ।

कोलम्बिया र अर्जेन्टिनामा कोपा अमेरिका नहुने भएपछि अन्तिम समयमा कोन्मेबलले ब्राजिललाई प्रतियोगिता आयोजनाको जिम्मेवारी सुम्पेको थियो । ब्राजिलको टोलीले पनि कोरोनाका कारण उत्पन्न विषम परिस्थितिमा कोपा आयोजना गर्न नहुने भन्दै असन्तुष्टी जनाएपनि अन्तिम समयमा खेल्ने निर्णय गरेको छ । कोपा अमेरिका कप १३ जुनदेखि १० जुलाईसम्म आयोजना हुनेछ । ब्राजिलले १३ जुनमा भेनेजुएलासँग खेल्दै कोपा अमेरिका कपको सुरुवात गर्नेछ ।

ब्राजिलको पुर्ण टोली

गोलरक्षक – एलिसन बेकर (लिभरपुल), इडर्सन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (पाल्मेइरस)

डिफेन्डर – एलेक्स सान्द्रो (युभेन्ट्स), डानिलो (युभेन्ट्स), इमर्सन रोयल (बार्सिलोना), रेनान लोडी (एट्लेटिको म्याड्रिड), इडर मिलिसाओ (रियल म्याड्रिड), फिलिपे (एट्लेटिको म्याड्रिड), मार्किन्हस (पीएसजी), थियागो सिल्भा (चेल्सी)

मिडफिल्डर – क्यासमिरो (रियल म्याड्रिड), डगलस लुइज (एस्टन भिल्ला), एभर्टन रिबेरो (फ्लामेङ्गोे), फाविन्हो (लिभरपुल), फ्रेड (म्यानचेस्टर युनाइटेड), लुकास पाक्वेटा (लियोन)

फरवार्ड – एभर्टन (बेन्फिका), गाव्रियल बार्बोसा (फ्लामेङ्गोे), गाब्रियल जेजस (म्यानचेस्टर सिटी), नेयमार (पीएसजी), रिचार्लीसन (एभर्टन), रोबर्टो फिर्मिनो (लिभरपुल), भिनिसियस जुनियर (रियल म्याड्रिड)

यो पनि : कोपा अमेरिकाको खेल तालिका नेपाली समयअनुसार

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.