default_image

3 years ago

June 10, 2021

रोनाल्डो दाईको कीर्तिमान नजिक

एजेन्सी – पोर्चुगल तथा युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रानाल्डोका नाममा थुप्रै कीर्तिमान छ । उनको कप्तानीमा पोर्चुगल युरोपियन च्याम्पियनसिपको तयारीमा रहेको छ । च्याम्पियनसिपको तयारीका क्रममा भएको अन्तिम खेलमा पोर्चुगलले इजरायललाई मंगलबार ४–० ले हराएको थियो । पहिलो र दोस्रो हाफमा समान २ गोल भएको खेलमा रोनाल्डोले एक गोल गरेका थिए । मध्यान्तरको केहि अघि […]

46 views

0 Bookmark

एजेन्सी – पोर्चुगल तथा युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रानाल्डोका नाममा थुप्रै कीर्तिमान छ । उनको कप्तानीमा पोर्चुगल युरोपियन च्याम्पियनसिपको तयारीमा रहेको छ । च्याम्पियनसिपको तयारीका क्रममा भएको अन्तिम खेलमा पोर्चुगलले इजरायललाई मंगलबार ४–० ले हराएको थियो ।

पहिलो र दोस्रो हाफमा समान २ गोल भएको खेलमा रोनाल्डोले एक गोल गरेका थिए । मध्यान्तरको केहि अघि गोल गरेका रोनाल्डो अलि दाईको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको बराबरीको नजिक पुगेका छन् ।

आफ्नो १ सयौं ७५ खेलमा रोनाल्डोले मंगलबार १ सय ४ अन्तर्राष्ट्रिय गोल पुर्याए । रोनाल्डो अब अली दाईको गोलभन्दा ५ गोलले मात्र पछाडि छन् । इरानी दाईको नाममा १ सय ९ गोल रहेको छ ।

म्यानचेष्टर युनाइनेडका मिडफिल्डर ब्रुनो फर्नान्डेसको गोलमा पोर्चुगलले ४२ औं मिनेटम अग्रता लिएको थियो । त्यसको दुई मिनेट पछि रोनाल्डोले गोल गरेका थिए । ८६ औं मिनेटमा गोन्कालो गुइडेसले तथा फर्नान्डेसले इन्जुरी समयको पहिलो मिनेटमा अर्को गोल थप्दै टोलीलाई फराकिलो जित दिलाएका थिए ।

युरोपियन च्याम्पियनसिपमा पोर्चुगल ग्रुप अफ डेथ मानिएको समूहमा छ । जसमा हंगेरी, जर्मनी र फ्रान्स रहेका छन् । हंगेरीविरुद्ध उत्रदै मंगलबार पोर्चुगलले च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

Success

Thank you for your time.