default_image

3 years ago

June 11, 2021

बार्सिलोनाको प्रस्ताव बुफोनद्धारा अस्वीकार

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका भेट्रान गोलरक्षक जियानलुजी बुफोनले क्याटलान क्लब बार्सिलोनाले अनुबन्ध गर्न गरेको प्रस्तावलाई अस्वीकार गरेका छन् । ४३ वर्षीय भेट्रान गोलरक्षक बुफोनले सिजनको अन्त्यसँगै क्लब छाड्ने बताएपछि उनलाई अनुबन्ध गर्नको लागि युरोपका थुप्रै क्लबले चासो देखाउँदा बार्सिलोना पनि उनलाई अनुबन्ध गर्ने दौडमा रहेका थिए । तर बार्सिलोनाले आफ्नो पहिलो रोजाईका जर्मन गोलरक्षक […]

103 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका भेट्रान गोलरक्षक जियानलुजी बुफोनले क्याटलान क्लब बार्सिलोनाले अनुबन्ध गर्न गरेको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

४३ वर्षीय भेट्रान गोलरक्षक बुफोनले सिजनको अन्त्यसँगै क्लब छाड्ने बताएपछि उनलाई अनुबन्ध गर्नको लागि युरोपका थुप्रै क्लबले चासो देखाउँदा बार्सिलोना पनि उनलाई अनुबन्ध गर्ने दौडमा रहेका थिए ।

तर बार्सिलोनाले आफ्नो पहिलो रोजाईका जर्मन गोलरक्षक मार्क आन्दर टेर स्टेगनलाई सपोर्ट गर्नका लागि अनुभवी गोलरक्षकको खोजीमा रहेको बताएपछि बुफोनले दोस्रो रोजाईमा रहनुभन्दा ऊक्त प्रस्तावलाई अस्वीकार गरिएको बुझिएको छ ।

युभेन्ट्समा बुफोनको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । उनी फ्रि ट्रान्सफरमा जुनसुकै क्लबमा जान सक्नेछन् । बुफोनले २६ सिजन व्यवसायिक खेल खेलिसकेका छन् । बुफोन पहिलो रोजाईमा खेल्न पाउने क्लबको खोजीमा रहेका छन् । उनको यो निर्णयको कारण उनी अर्काे वर्ष कतारमा हुने फिफा विश्वकपमा इटालीको टिममा स्थान बनाउनको लागि रहेको बुझिएको छ ।

बुफोनले युभेन्टसमा ६८४ खेल खेलेका हुन् । बुफोन सन् २००१ मा पार्माबाट युभेन्टस पुगेका थिए । १७ सिजन युभेन्टसमा बिताएपछि उनी २०१८ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका थिए । त्यहाँ एक सिजन बिताएपछि उनी पुनः युभेन्टस फर्किएका थिए ।

एसजीमा लिग वान र ट्रफी डेस च्याम्पियनको उपाधि जितेका बुफोनले युभेन्टसबाट १० सिरी ‘ए’, पाँच पटक कोपा इटालिया, छ पटक सुपर कोपा, पार्माबाट समान एक–एकपटक कोपा इटालिया, सुपर कोपा र युइएफए कप इटालियन कप जित्दा युभेन्टसबाटै सिरी ‘बी’ जितेका छन् । उनले च्याम्पियन्स लिग जित्न सकेका छैनन् ।

१९९७ देखि सिनियर टोलीमा रहेको उनले इटालीबाट १७६ क्याप जितेका छन् । उनी टोलीले २००६ मा विश्वकपको उपाधि जित्दा टोलीका महत्वपुर्ण सदस्य रहेका थिए । उनले १७ मार्च २०१८ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका थिए । तर उनले आफ्नो सन्न्यासलाई फिर्ता लिदै अर्जेन्टिनाविरुद्धको मैत्रीपुर्ण खेल खेलेका थिए । त्यसपछि उनले पुनः मे र जुन महिनामा आफुले नखेल्ने घोषणा गरेका थिए । त्यसयता उनी टोलीमा पर्न सकेका छैनन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.