default_image

3 years ago

June 11, 2021

मेस्सीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको कप्तानीमा कोपा अमेरिका कपको लागि अर्जेन्टिनाको टोली घोषणा भएको छ । अर्जेन्टिना फुटबल फेडेरेसन (एएफए) र मुख्य प्रशिक्षक लियोनेल स्कोलानीले कोपाको लागि २८ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रशिक्षक स्कोलानीले घोषणा गरेको टोलीमा यो सिजन क्लब फुटबलमा उच्च प्रदर्शन गरेका स्पेनिस क्लब सेभियाका विंगर लुकास ओकम्पासले […]

70 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको कप्तानीमा कोपा अमेरिका कपको लागि अर्जेन्टिनाको टोली घोषणा भएको छ ।

अर्जेन्टिना फुटबल फेडेरेसन (एएफए) र मुख्य प्रशिक्षक लियोनेल स्कोलानीले कोपाको लागि २८ सदस्यीय टोलीको घोषणा गरेको हो । प्रशिक्षक स्कोलानीले घोषणा गरेको टोलीमा यो सिजन क्लब फुटबलमा उच्च प्रदर्शन गरेका स्पेनिस क्लब सेभियाका विंगर लुकास ओकम्पासले स्थान बनाउन सकेनन् ।

२६ वर्षीय ओकम्पासले विश्वकप छनोटमा चिलीसँग १–१ गोलको बराबरी खेलेको खेलमा सुरुवाती रोजाईमा मौका पाएका थिए । ओकम्पासले गत सिजन सेभियाका लागि डेब्यु सिजनमा १४ गोल र ३ असिस्ट दिएका थिए ।

स्कोलानीको टोलीमा कप्तान मेस्सीसँगै लोउटारो मार्टिनेज, एन्जल डि मारिया, जोआक्विन कोरेआ, सर्जियो अगुएरो र लुकास एलारियोले अर्जेन्टिनाको आक्रमण सम्हाल्नेछन् । एलारियो चोटसँग जुधिरहेका कारण उनी पुर्ण ठीक नभएको अवस्थामा रिभर प्लेटका जुलिएन अल्भारेजलाई विकल्पमा राखिएको छ ।

अर्जेन्टिनाको टोली

गोलरक्षक – फ्रान्को अर्मानी, इमिलियानो मार्टिनेज, जुवान मुस्सो र अगस्टिन मार्चेसिन

डिफेन्डर – गोन्जालो मोन्टिइल, निकोलस ओटामेन्डी, जर्मन पिज्जीएला, निकोलस ट्याग्लिएफिको, लुकास मार्टिनेज क्वार्टा, मार्काेस एकुना, लिसान्द्रो मार्टिनेज, नाहुएल मोलिना लुसेरो र क्रिस्टियन रोमेरो

मिडफिल्डर – लियान्द्रो पारेडेस, जियोभानी लो सेल्सो, एक्सक्विल पालासिओस, निकोलस गोन्जालेज, गुइडो रोड्रिग्वेज, रोड्रिगो डि पउल, एलेजान्द्रो गोमेज, एन्जल कोरेआ , निकोलस डोमिन्ग्वेज

फरवार्ड – लियोनेल मेस्सी (कप्तान), लोउटारो मार्टिनेज, एन्जल डि मारिया, जोआक्विन कोरोआ, सर्जियो अगुएरो र लुकास एलारियो

यो पनि : कोपा अमेरिकाको खेल तालिका नेपाली समयअनुसार

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.