default_image

3 years ago

June 11, 2021

अष्ट्रेलियाविरुद्ध खेल्दै फेरिएको नेपाल

काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप र एसिया कप छनोटको नेपाल अष्ट्रेलियासहितका टोली एकै समूहमा पर्दा फुटबलप्रेमी उत्साहित थिए । होम एण्ड अवेका आधारमा हुने समूह चरणको खेलमा एसियाका बलिया टोली मध्येको एक अष्ट्रेलिया विरुद्ध नेपाली टोलीको प्रदर्शन घरलु मैदानमा हेर्न पाउने अवसर मिल्दा उत्साहित नहुने कुरै भएन । २० महिना अघि नेपाली टोली अष्ट्रेलिया पुगेर […]

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप र एसिया कप छनोटको नेपाल अष्ट्रेलियासहितका टोली एकै समूहमा पर्दा फुटबलप्रेमी उत्साहित थिए । होम एण्ड अवेका आधारमा हुने समूह चरणको खेलमा एसियाका बलिया टोली मध्येको एक अष्ट्रेलिया विरुद्ध नेपाली टोलीको प्रदर्शन घरलु मैदानमा हेर्न पाउने अवसर मिल्दा उत्साहित नहुने कुरै भएन ।

२० महिना अघि नेपाली टोली अष्ट्रेलिया पुगेर खेलेको थियो । जसमा नेपाल ५–० ले पराजित भएको थियो । समूहमा रहेका जोर्डन, चाइनिज ताइपे र कुवेतसँग पनि नेपालले अवे खेल खेलिसकेको थियो । बाँकी ४ खेल त्रिपुरेश्वर दशरथ रंगशालामा हुने तय थियो । कुवेतसँग हुनुपर्ने होम म्याच दशरथ रंगशालाको पूर्ननिर्माण नसकिएका कारण न्यूट्रल भेन्यूका रुपमा भुटानमा खेलिएको थियो ।

त्यसबीचमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाका लागि रंगशालामा पूर्न निर्माण भइसकेको थियो । त्यसले विश्व कप र एसिया कपका बाँकी खेल रंगशाला हुने तय भएको थियो । चैतमा नेपालले अष्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनसँग खेल्ने गरि एसियाली फुटबल महासंघ (एएफसी) ले खेल तालिका पनि सार्वजनिक गरिसकेको थियो ।

तर, यहि बीचमा कोरोनाको दोस्रो लहर सुरु भएपनि दशरथ रंगशालामा तय सबै खेल स्थगित भए । रंगशालमा अष्ट्रेलियाविरुद्ध आफ्नो टोलीको खेल हेर्ने नेपाली दर्शकको चाहना यसपटकका लागि पूरा हुन सकेन । तीनै बाँकी खेल अहिले कुवेतमा जारी छ । नेपालले चाइनिज ताइपेलाई पहिलो लेगमा जस्तै यस पटक पनि २–० ले हरायो ।

जोर्डनसँग पहिलो लेगकै जस्तो ३–० को हार बेहोरेको थियो । समूह चरणको अन्तिम खेलमा रुपमा नेपाली टोली आज राती नेपाली समय अनुसार ९:४५ बजे अष्ट्रेलियाको सामना गर्दैछ । अष्ट्रेलिया त्यहि टोली हो जसले समूह चरणमा शत प्रतिशत नतिजा निकाल्दै विश्व कप छनोटको दोस्रो चरण र एसिया कपको नजिक पुगिसकेको छ । आज नेपाललाई हराउन सके अष्ट्रेलिया अन्तिम खेल अघि नै आफ्नो लक्ष्य पूरा गर्नेछ ।

विश्व कपको समूह चरणबाट बाहिरिसकेको नेपालका लागि भने अष्ट्रेलियालाई हराउन सकेको खण्डमा एसिया कपको तेस्रो चरण पुग्ने झिनो सम्भावना रहन्छ । त्यसका लागि सबै समूहको चौथो हुने टोली मध्ये शीर्ष ४ मा पर्नुपर्नेछ । यसअघिको नतिजालाई हर्दा नेपालले अष्ट्रेलियालाई हराउन असम्भव प्राय छ । प्रशिक्षक अलमुताइरीले अष्ट्रेलियाविरुद्ध रक्षात्मक रुपमा नखेल्ने बताएपनि यथार्थमा नेपाली टोलीको पहिलो प्रयास बराबरीमा रोक्ने त्यो नसक्दा पहिलाको भन्दा गोलअन्तर कम गराउनुहुनेछ ।

२० महिना अघि र अहिले नेपाली टोलीमा ठूलो परिवर्तन आएको छ । पहिलो लेगमा जस्तै अहिले टोलीमा २३ खेलाडी छन् । त्यसमा आधा भन्दा बढी १२ जना पहिलो लेगमा टोलीमा रहेका खेलाडी अहिले छैनन् । पहिलो लेग खेले पनि अहिले टोलीमा पर्न असफल हुनुमा कतिपय खेलाडी चोटग्रस्त छन् भने कति प्रशिक्षक अब्दुल्ला अलमुताइरीको रोजाईमा पर्न सकेनन् ।

देवेन्द्र तामाङ, रञ्जित धिमाल, सुजल श्रेष्ठ, तेज तामाङ, विमल घर्तिमगर, विक्रम लामा चोटका कारण र हेमन गुरुङ देश बाहिर रहेकाले यसपटक परेनन । रवि पासवान, विकेश कुथु, विशाल श्रेष्ठ, अजित भण्डारी, सरोज दहाल भने अलमुताइरीले अन्तिम छनोटमा पारेनन् ।

पहिलो रोजाईका ४ खेलाडी अहिले छैनन्

अष्ट्रेलियाविरुद्धको पहिलो लेगमा पहिलो रोजाईमा परेका मध्ये अहिले ४ खेलाडी टोलीमा छैनन् । दवेन्द्र तामाङ, रञ्जित धिमाल, सुजल श्रेष्ठ र रवि पासवान यसपटक टोलीमा परेनन् । रवि बाहेक तीनै जना चोटका कारण टोलीमा स्थान बनाउन असफल भएका हुन् ।

अष्ट्रेलियाविरुद्धको पहिलो लेगमा नेपालको प्लेइङ ११– किरण चेम्जोङ (गोलकिपर, कप्तान), दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रोहित चन्द, रञ्जित धिमाल, विशाल राई (सन्तोष तामाङ ८६), सुजल श्रेष्ठ, अन्जन विष्ट (तेज तामाङ ७९), रवि पासवान, अभिषेक रिजाल (विमल घर्तिमगर ६६)

टोलीका अन्य सदस्य – विकेश कुथु, विशाल श्रेष्ठ, सुमन अर्याल, अजित भण्डारी, सरोज दाहाल, सुनिल बल, हेमन गुरुङ, विक्रम लामा, नवयुग श्रेष्ठ

पहिलो लेगमा रहेका अहिले टोलीमा नरहेका :देवेन्द्र तामाङ, रञ्जित धिमाल, सुजल श्रेष्ठ, तेज तामाङ, रवि पासवान, विमल घर्तिमगर, विकेश कुथु, विशाल श्रेष्ठ, अजित भण्डारी, सरोज दहाल, हेमन गुरुङ, विक्रम लामा

अष्ट्रेलियाविरुद्धको दोस्रो लेगका लागि नेपाली टोली

गोलरक्षक : किरण चेम्जोङ (कप्तान) , दीप कार्की, विशाल सुनार

डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास

मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

यो पनि पढ्नुहोस :

अष्ट्रेलियाविरुद्ध खेलअघि प्रशिक्षक अलमुताइरी यसो भन्छन्

‘नेपालको खेलमा परिवर्तन आएको छ’ – अष्ट्रेलियाका प्रशिक्षक आर्नोल्ड

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.