default_image

3 years ago

June 11, 2021

गोल मेसिन बनेका २ मिटर अग्ला डिफेन्डर

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सन् २०१९ अक्टोबरमा अष्ट्रेलियाविरुद्ध खेल्दा अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले अघिल्लो दिन नै युवा डिफेन्डर ह्यारी सुटरले डेब्यु गर्ने जनाएका थिए । पत्रकार सम्मेलनमा स्थानीय मिडियाले पनि खेल भन्दा बढी प्रश्न सुटरको आबद्धतालाई लिएर गरेका थिए । स्कटल्याण्डका लागि उमेर समूहमा यू-१७ र यू-१९ बाट खेलेका सुटरको जन्म स्कटल्याण्डको एबिरडिनमा भएको थियो […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले सन् २०१९ अक्टोबरमा अष्ट्रेलियाविरुद्ध खेल्दा अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले अघिल्लो दिन नै युवा डिफेन्डर ह्यारी सुटरले डेब्यु गर्ने जनाएका थिए । पत्रकार सम्मेलनमा स्थानीय मिडियाले पनि खेल भन्दा बढी प्रश्न सुटरको आबद्धतालाई लिएर गरेका थिए ।

स्कटल्याण्डका लागि उमेर समूहमा यू-१७ र यू-१९ बाट खेलेका सुटरको जन्म स्कटल्याण्डको एबिरडिनमा भएको थियो । आफ्नो करिअरको सुरुवात स्कटल्याण्डमा गरेपनि अष्ट्रेलियन आमा भएको कारण उनी अष्ट्रेलियाबाट खेल्न पनि पाउने थिए । उनले उमेर समूह खेलेपछि सिनियर टोलीमा अष्ट्रेलियाको प्रतिनीधित्व गर्ने निर्णय लिए ।

सन् २०१६ मा डन्डी युनाइटेडबाट उनी इंग्लिस क्लब स्टोक सिटीमा आबद्ध भए । अघिल्लो सिजनसम्म लोनमा अन्य क्लबबाट खेलिरहेका सुटरले यस सिजन भने स्टोकको सिनियर टोलीमा नै नियमित खेलिरहेका छन् । इंग्ल्यान्डको दोस्रो श्रेणीमा ३८ खेल खेलेका उनले कुल ४३ खेल क्लबका लागि खेले ।

डेढ वर्षअघि स्कटल्याण्डबाट अष्ट्रेलियाको राष्ट्रिय टोलीमा खेल्ने निर्णय लिएका २ मिटर अग्ला सुटरका लागि नेपालविरुद्ध डेब्यु खेल यादगार रहयो । पहिलो हाफको २३ औं मिनेटमा कर्नरमा हेडरमार्फत गोलको खाता खोलेका सुटरले दोस्रो हाफमा पनि गोल गरे । दोस्रो गोल पनि हेडरमार्फत नै सम्भव भएको थियो । उनको उचाइविरुद्ध नेपालका डिफेन्स निरिह देखिएका थिए ।

नेपालविरुद्ध डेब्यु गरेयता अहिले २२ वर्ष पुगेका सुटरले विश्वकप छनोटअन्तर्गत पछिल्लो दुवै खेलमा गोल गरेका छन् । डेब्यु गरेको ५ दिनपछि नै ताइपेइविरुद्ध भएको खेलमा उनले २ गोल गरे । उक्त खेलमा अष्ट्रेलिया ७-१ ले विजयी भयो । सोमबार कुवेतविरुद्ध ३-० को जितमा पनि सुटरले गोल गरे ।

अग्लो कदका यी डिफेन्डरले अष्ट्रेलियाको लागि नियमित खेल्दै आएका छन् । प्रशिक्षक ग्राहम आर्नोल्डले रक्षात्मक रुपमा मात्र नभएर सेट पिसमा उनको सदुपयोग उत्कृष्ट ढंगले गरेका छन् । ताइपेइ र नेपालविरुद्ध खेलको गोलले पनि त्यसलाई पुष्टि गर्छ ।

सुटरले राष्ट्रिय टोलीका लागि हालसम्म ३ खेल खेल्दै ५ गोल गरेका छन् । नेपालले आज उनी सुरुवाती रोजाइमा खेलेको खण्डमा विशेष रणनीति तयार पार्नुपर्ने देखिन्छ । यसैपनि सेट पिसमा कमजोर सावित हुँदै आएको नेपालका लागि सुटर डिफेन्डर भएपनि गोलको खतरा बन्न सक्छन् ।

यो पनि : अष्ट्रेलियाविरुद्ध खेल्दै फेरिएको नेपाल

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.