default_image

3 years ago

June 11, 2021

अष्ट्रेलियाविरुद्ध सम्भावित सुरुवाती ११

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध खेलमा जोर्डनविरुद्ध खेलबाट परिवर्तन गर्ने पक्का छ । पछिल्लो खेलमा घाइते हुँदै मैदान छाडेका डिफेन्डर […]

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध खेलमा जोर्डनविरुद्ध खेलबाट परिवर्तन गर्ने पक्का छ । पछिल्लो खेलमा घाइते हुँदै मैदान छाडेका डिफेन्डर विकास खवास आज खेल्ने सम्भावना न्यून छ । त्यस्तै कमजोर प्रदर्शन गरेका फरवार्ड अभिषेक रिजालले पनि सुरुवात गर्ने सम्भावना देखिदैन । प्रशिक्षक अब्दुल्लाहले टोलीमा रहेका केहि युवा खेलाडीलाई डेब्यु गर्ने संकेत दिएका छन् ।

कमल थापा, सुरज जिउ ठकुरी र आयुष घलान पहिलो पटक राष्ट्रिय टोलीमा पर्दै डेब्युको प्रतीक्षामा छन् । ‘युवा खेलाडीलाई पनि डेब्युको अवसर हुन सक्छ । कमल, सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन् । उनीहरुले सिनियर टोलीमा डेब्यु सुरु गर्दै आफ्नो करिअर अर्को स्तरमा लग्नु पर्छ । अष्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य होइन, तर उनीहरुले आफूलाई यस्तै परिस्थितिमा परिक्षण गर्न जरुरि पनि छ,’ प्रशिक्षक अलमुताइरीले खेलको अघिल्लो दिन भने ।

गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सुरुवात गर्ने पक्का नै छ । सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले नै निरन्तरता दिने देखिन्छ । अघिल्लो खेलमा सुमन अर्याल मिडफिल्डमा खेलेका थिए । विकास घाइते भएपछि डिफेन्समा झरेका सुमनले आज सोहि पोजिसनमा रहेर सुरुवात गर्नेछन् । दीनेश राजवंशीको स्थानमा गौतम श्रेष्ठले राइट ब्याक सम्हाल्ने देखिन्छ । अघिल्लो खेलमा दीनेशले सुरुवात गरेपनि प्रशिक्षक अलमुताइरीले अन्त्यतिर उनको स्थानमा सुनिल बललाई खेलाएका थिए ।

मिडफिल्डमा केहि परिवर्तन हुने सम्भावना छ । पुजन उपरकोटी रक्षात्मक मिडफिल्डमा खेल्दा उनलाई सन्तोष तामाङ र सुरज जिउ ठकुरीले साथ दिन सक्नेछन् । एरिक विष्ट र विशाल राई पछिल्ला खेलमा बेन्चबाट आएर प्रभाव जमाएका कारण सुरुवाती ११ मा पर्न प्रयासरत छन् ।

आक्रमणमा अन्जन विष्टको स्थान पक्का छ । उनलाई मनिष डाँगी र नवयुग श्रेष्ठले साथ दिन सक्छन् । पछिल्लो दुवै खेलमा बेन्चबाट अवसर पाएका मनिषले विपक्षीविरुद्ध प्रभाव जमाएका छन् र सुरुवाती रोजाइमा पर्न संघर्षरत छन् । सुनिल बल र अभिषेक रिजालले पछिल्लो खेलमा अपेक्षित प्रदर्शन नगर्दा दुवै बेन्चमा रहन सक्छन् ।

यो पनि :

गोल मेसिन बनेका २ मिटर अग्ला डिफेन्डर

अष्ट्रेलियाविरुद्ध खेल्दै फेरिएको नेपाल

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.