default_image

3 years ago

June 11, 2021

अष्ट्रेलियाविरुद्ध टोलीमा ५ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाविरुद्ध शुक्रबार हुने विश्वकप तथा एसियन कप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीमा ५ परिवर्तन गरेका छन् । प्रशिक्षक अलमुताइरीले मिडफिल्डमा दुई सहित कुल ५ खेलाडी परिवर्तन गरेका हुन् । विशाल राई र एरिक विष्ट मिडफिल्डमा आउँदा डिफेन्समा गौतम श्रेष्ठ र आक्रमणमा नवयुग श्रेष्ठ र सुनिल बल […]

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाविरुद्ध शुक्रबार हुने विश्वकप तथा एसियन कप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीमा ५ परिवर्तन गरेका छन् ।

प्रशिक्षक अलमुताइरीले मिडफिल्डमा दुई सहित कुल ५ खेलाडी परिवर्तन गरेका हुन् । विशाल राई र एरिक विष्ट मिडफिल्डमा आउँदा डिफेन्समा गौतम श्रेष्ठ र आक्रमणमा नवयुग श्रेष्ठ र सुनिल बल टोलीमा छन् । पछिल्लो खेलबाट अन्जन विष्ट, दीनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेन्चमा रहेका छन् । विकास खवास चोटका कारण बेन्चमा पनि रहेका छैनन् ।

गोलरक्षकमा कप्तान किरण चेम्जोङ तथा सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले नै निरन्तरता पाएका छन् । अघिल्लो खेलमा विकास घाइते भएपछि डिफेन्समा झरेका सुमनले आज सोहि पोजिसनमा रहेर सुरुवात गर्नेछन् । दीनेश राजवंशीको स्थानमा गौतम श्रेष्ठले राइट ब्याक सम्हाल्नेछन् ।

मिडफिल्डमा पुजन उपरकोटीलाई एरिक विष्ट र विशाल राईले साथ दिनेछन् । आक्रमणमा अन्जन विष्ट बेन्चमा रहेका छन् । नवयुग श्रेष्ठले सुमन लामा र सुनिल बलको साथ पाउनेछन् ।

यो पनि : नेपाल विरुद्ध अष्ट्रेलिया : सम्पूर्ण जानकारी

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.