default_image

3 years ago

June 12, 2021

रियल म्याड्रिडका कप्तान रामोसलाई सेभियाको आकर्षक प्रस्ताव

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका भेट्रान कप्तान सेन्टर ब्याक सर्जियो रामोसलाई उनको पुर्व क्लब सेभियाले पाँच वर्षको अनुबन्धको लागि प्रस्ताव अघि सारेको छ । ३५ वर्षीय रामोसको रियलमा सम्झौता यस जुनको अन्त्यसँगै सकिदैछ । सेभियाको युथ सिस्टमबाट हुर्किएका रामोस २००५ मा स्पेनिस महारथी रियल म्याड्रिड पुगेका थिए । उनले रियलबाट २२ भन्दा बढी उपाधि […]

34 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका भेट्रान कप्तान सेन्टर ब्याक सर्जियो रामोसलाई उनको पुर्व क्लब सेभियाले पाँच वर्षको अनुबन्धको लागि प्रस्ताव अघि सारेको छ ।

३५ वर्षीय रामोसको रियलमा सम्झौता यस जुनको अन्त्यसँगै सकिदैछ । सेभियाको युथ सिस्टमबाट हुर्किएका रामोस २००५ मा स्पेनिस महारथी रियल म्याड्रिड पुगेका थिए । उनले रियलबाट २२ भन्दा बढी उपाधि जितेका छन् । रियलमा रामोसको भविष्य अनिश्चित जस्तै रहेको छ ।

सम्झौता अवधि सकिनै लाग्दा रामोस र क्लबबीच कुनै ठोस सहमति हुन सकेको छैन । स्पेनिस आउटलेट इएल प्रिमेर पालोका अनुसार सेभियाले रामोसलाई ५ वर्षको लागि वार्षिक ६ मिलियन पाउन्ड दिने प्रस्ताव अघि सारेको छ ।

यसको अर्थ सेभियाले उनलाई ४० वर्षसम्म क्लबमा राख्दै आफ्ना पुर्व डिफेन्डरलाई व्यवसायिक खेल जीवनबाट बिदाई र अन्य भुमिका दिने प्रस्तावसमेत राखेको छ ।

रमोसले आफ्नो डकुमेन्ट्रीमा भनेका थिए, ‘मैले हजारौं पटक यस्तै निर्णय गरेको थिए । तर त्यतिखेर कसैलाई पनि यो अवस्थाबारे सुनाउने अवसर नै पाइन ।’ आजसम्म म यो भन्न सक्दछु कि म सेभियाको लागि खेल्छु र म मर्दासम्म पनि सेभियाकै खेलाडी हुँ, तर म गर्वका साथ भन्न सक्छु कि म रियल म्याड्रिड र स्पेनको कप्तान हुँ ।’

समर्थकले रामोसले आफ्नो खेल करियर अवधिसम्म क्लबमै रहने विश्वास गरेपनि २००५ मा क्लबबाट बिदाई गरेपछि क्लबका समर्थकले विरोध जनाएका थिए । सेभियाबाट बाहिरिएपनि रामोसको मस्तिष्कमा आफ्नो पुर्व क्लबको सम्झना रहेको छ ।

स्पेनभन्दा सबैभन्दा धेरै क्याप जित्न रामोसले चोटकै कारण युरोकपमा टोलीमा स्थान बनाउन सकेनन् । प्रशिक्षक लुइस इनरिकेले उनलाई टोलीमा राख्ने प्रयास गरेपनि उनीमाथि जोखिम मोलेनन् ।

रामोसको गत जनवरीमा घुँडाको शल्यक्रिया गरिएको थियो । त्यसपछि उनले मात्रै दुई खेल खेलेका थिए । चोटपछि रामोसले चेल्सीसँगको च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगबाट पूनरागमनको प्रयास गरेका थिए । सिजनको अन्तिम खेलमा भिल्लारियलविरुद्धको खेलमा पनि टोलीमा समेटिएका थिए ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.