default_image

3 years ago

June 11, 2021

पहिलो हाफमा अष्ट्रेलियालाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीविरुद्ध विश्वकप तथा एसियन कप छनोटको खेल अन्तर्गत पहिलो हाफमा अष्ट्रेलियाले २-० को अग्रता लिएको छ । अष्ट्रेलियाले बल पोसेसनमा वर्चस्व जमाएको पहिलो हाफमा निकै आक्रमण बुनेको थियो । सुरुवातमा नै अग्रता लिएपछि अष्ट्रेलियाले पोसेसनमा ध्यान दिँदै आक्रमण बुनेको थियो । पहिलो हाफको अन्त्यतिर रोहित चन्द रातो कार्ड […]

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीविरुद्ध विश्वकप तथा एसियन कप छनोटको खेल अन्तर्गत पहिलो हाफमा अष्ट्रेलियाले २-० को अग्रता लिएको छ ।

अष्ट्रेलियाले बल पोसेसनमा वर्चस्व जमाएको पहिलो हाफमा निकै आक्रमण बुनेको थियो । सुरुवातमा नै अग्रता लिएपछि अष्ट्रेलियाले पोसेसनमा ध्यान दिँदै आक्रमण बुनेको थियो । पहिलो हाफको अन्त्यतिर रोहित चन्द रातो कार्ड खान पुग्दा नेपाल १० खेलाडीमा सिमित भएको छ ।

खेलको छैटौं मिनेटमा नै अष्ट्रेलियाले अग्रता लिएको थियो । कप्तान म्याथ्यु लेकिले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । अजिज बेहिचले बायाँ विंगबाट दिएको क्रसलाई लेकिले रोहित चन्दभन्दा अघि रहेर हेडरमार्फत गोल गरेका थिए । २८ औं मिनेटमा कप्तान किरणले एज्दीन हर्स्तिचको फ्रिकिक बचाउँदै अष्ट्रेलियालाई अग्रता दोब्बर पार्न दिएनन् ।

३५ औं मिनेटमा अनन्त तामाङले अष्ट्रेलियालाई गोल थप्नबाट रोके । कप्तान लेकिले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार अनन्तले उत्कृष्ट ट्याकल गर्दै रोकेका थिए । लगत्तै त्यसै क्लियरेन्समा नेपालको काउन्टर अट्याक विपक्षी गोलरक्षक एन्ड्रयु रेडमेनको हातमा पुगेर रोकिएको थियो । ३७ औं मिनेटमा अष्ट्रेलियाले अग्रता दोब्बर पार्यो । लेकिले दायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै दिएको कटब्याकमा फ्रान कारासिचले गोल गरेका थिए ।

४० औं मिनेटमा मार्टिन बोएलले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरणले बचाए । खेलको ४४ औं मिनेटमा रोहित चन्दले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । मार्टिन बोएललाई पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा फल गरेको भन्दै रेफ्रीले रातो कार्ड देखाएका थिए ।

प्रशिक्षक अलमुताइरीले आजको खेलमा मिडफिल्डमा दुई सहित कुल ५ खेलाडी परिवर्तन गरेका थिए । गोलरक्षकमा कप्तान किरण चेम्जोङ तथा सेन्टर डिफेन्समा अनन्त तामाङ र रोहित चन्दले नै निरन्तरता पाए। अघिल्लो खेलमा विकास घाइते भएपछि डिफेन्समा झरेका सुमनले आज सोहि पोजिसनमा रहेर सुरुवात गरे । गौतम श्रेष्ठले राइट ब्याकमा खेलिरहेका छन् ।

मिडफिल्डमा पुजन उपरकोटीलाई एरिक विष्ट र विशाल राईले साथ दिएका छन् । आक्रमणमा नवयुग श्रेष्ठले सुमन लामा र सुनिल बलको साथ पाउनेछन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.