default_image

3 years ago

June 11, 2021

नेपाल अष्ट्रेलियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित भएको छ । दोस्रो हाफ १० खेलाडीमा सिमित भएको नेपालले अष्ट्रेलियासँग ३-० ले पराजित भएको हो । पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा १ गोल खाएको हो । पहिलो हाफको अन्त्यतिर रोहित चन्दले रातो कार्ड पाएपछि […]

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित भएको छ । दोस्रो हाफ १० खेलाडीमा सिमित भएको नेपालले अष्ट्रेलियासँग ३-० ले पराजित भएको हो ।

पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा १ गोल खाएको हो । पहिलो हाफको अन्त्यतिर रोहित चन्दले रातो कार्ड पाएपछि नेपालले दोस्रो हाफ १० खेलाडीमा सिमित रहेर खेलेको थियो । यस जितसँगै अष्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरण र एसियन कपको लागि छनोट हुँदा नेपाल भने एसियन कपको तेस्रो चरण खेल्न प्लेअफको पर्खाइमा हुनेछ ।

खेलको छैटौं मिनेटमा नै अष्ट्रेलियाले अग्रता लिएको थियो । कप्तान म्याथ्यु लेकिले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । अजिज बेहिचले बायाँ विंगबाट दिएको क्रसलाई लेकिले रोहित चन्दभन्दा अघि रहेर हेडरमार्फत गोल गरेका थिए । २८ औं मिनेटमा कप्तान किरणले एज्दीन हर्स्तिचको फ्रिकिक बचाउँदै अष्ट्रेलियालाई अग्रता दोब्बर पार्न दिएनन् ।

३५ औं मिनेटमा अनन्त तामाङले अष्ट्रेलियालाई गोल थप्नबाट रोके । कप्तान लेकिले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार अनन्तले उत्कृष्ट ट्याकल गर्दै रोकेका थिए । लगत्तै त्यसै क्लियरेन्समा नेपालको काउन्टर अट्याक विपक्षी गोलरक्षक एन्ड्रयु रेडमेनको हातमा पुगेर रोकिएको थियो । ३७ औं मिनेटमा अष्ट्रेलियाले अग्रता दोब्बर पार्यो । लेकिले दायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै दिएको कटब्याकमा फ्रान कारासिचले गोल गरेका थिए ।

४० औं मिनेटमा मार्टिन बोएलले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरणले बचाए । खेलको ४४ औं मिनेटमा रोहित चन्दले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । मार्टिन बोएललाई पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा फल गरेको भन्दै रेफ्रीले रातो कार्ड देखाएका थिए ।

दोस्रो हाफको ५७ औं मिनेटमा अष्ट्रेलिया अग्रता बढाउन सफल भयो । ज्याक्सन अर्भाइनको सानदार पासलाई मार्टिन बोएलले सहजै गोल गरिदिए । अर्भाइनले पेनाल्टी क्षेत्र बाहिरबाट नेपालको डिफेन्स लाइनलाई चिर्दै निकालेको पासलाई फार पोस्टमा बोएलले सहजै गोल गरे । ५९ औं मिनेटमा ह्यारी सुटरको प्रहार पोस्टमा लागेर फर्कंदा स्कोर ३-० नै कायम रहयो ।

७६ औं मिनेटमा हर्स्तिचको पेनाल्टी क्षेत्र बाहिरको प्रहार सिधै गोलरक्षक किरणको हातमा पुगेको थियो । ८४ औं मिनेटमा किरणले लगातार दुई बचाउ गर्दै स्कोर बदलिन दिएनन् । इन्ज्युरी समयमा नेपालका लागि तीन खेलाडीले डेब्यु गरेका थिए । सुरज जिउ ठकुरी, आयुष घलान र कमल थापाले मैदान प्रवेश गर्दै राष्ट्रिय सिनियर टोलीबाट पहिलो खेल खेले ।

यस हारसँगै नेपालको एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ । अब तेस्रो चरण पुग्न नेपालले प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ । सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् । अष्ट्रेलिया भने ७ खेलमा २१ अंकसहित विश्वकप छनोटको तेस्रो चरण तथा एसियन कपका लागि छनोट भएको छ । नेपाल भने ८ खेलमा ६ अंकसहित चौथो स्थानमा रहयो ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.