default_image

3 years ago

June 12, 2021

एन्फामा स्वर्गिय श्रेष्ठको योगदानको चर्चा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) र सहिद स्मारक ए डिभिजन क्लब थ्री स्टार क्लबले शनिबार संयुक्त रुपमा एन्फाका तत्कालिन अध्यक्ष ललितकृष्ण श्रेष्ठको छैटौं स्मृती सभा गर्दै नेपाली फुटबलमा उनले पुर्याएको भूमिकाको चर्चा गरेका थियो । थ्री स्टारका अध्यक्ष समेत रहेका श्रेष्ठको २०७२ साल जेठ २९ गते भैसीपाटीस्थित नयाँ घरमा सरेकै राती […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) र सहिद स्मारक ए डिभिजन क्लब थ्री स्टार क्लबले शनिबार संयुक्त रुपमा एन्फाका तत्कालिन अध्यक्ष ललितकृष्ण श्रेष्ठको छैटौं स्मृती सभा गर्दै नेपाली फुटबलमा उनले पुर्याएको भूमिकाको चर्चा गरेका थियो ।

थ्री स्टारका अध्यक्ष समेत रहेका श्रेष्ठको २०७२ साल जेठ २९ गते भैसीपाटीस्थित नयाँ घरमा सरेकै राती करेन्ट लागेर मृत्यु भएको थियो । स्वर्गिय श्रेष्ठले घरेलु फुटबललाई व्यवसायिक बनाउन र युवा फुटबल विकासमा योगदान गरेको चर्चा गर्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले उनले सुरुवात गरेको कामलाई एन्फाले अघि बढाईरहेको बताए ।

‘म नेपाली काँग्रेसको भातृ संगठनको कार्यालय सचिवको रुपमा कार्यरत रहँदा ललित जीसँग भेट भएको थियो । उहाँले नै मलाई पहिलो पटक एन्फामा ल्याउनु भएको थियो,’ शर्पाले भने, ‘म फुटबलमा आउने योजनामा थिएन । मलाई पार्टीले पनि पठायो । फुटबल विकासका लागि आउनुपर्छ भन्ने ललित जी र कुमार थापालगायतको पहलमा यहाँ प्रवेश गरेको हु ।’

एन्फा एकेडेमी स्थापनामा श्रेष्ठको योगदान गरेको चर्चा गर्दै शेर्पाले त्यसैको विस्तारका रुपमा तीन विभागीय टोलीमा एकेडेमीकै स्वरुपमा यू १३ का खेलाडीको हालै छनोट गरिएको चर्चा गरे । ‘हामीले उहाँको स्मृतिमा त सम्झन्छौं नै त्यो बाहेक बाँकी दिनमा पनि उहाँले देखेको सपना पूरा गर्न लागि परेका छौं,’ शेर्पाले थपे ।

एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले श्रेष्ठसँग एन्फामा आएदेखि नै सुमधुर सम्बन्ध रहेको स्मरण गरे । एन्फा नेतृत्वविरुद्ध शुद्धिकरण अभियान सञ्चालन गर्दा पनि श्रेष्ठसँग नियमित कुराकानी हुने गरेको उल्लेख गर्दै उनले भने, ‘फुटबल विकासमा सबैको आवश्यकता रहने र सबैसँग सहकार्य गर्दै जानुपर्छ भन्नेमा उहाँको सधै जोड रहन्थ्यो ।’

थ्री स्टारका अध्यक्ष तथा एन्फा सह महासचिव अरुणमान जोशीले श्रेष्ठकै कारण आफू हरेक क्षेत्रमा नेतृत्व गर्न सफल भएको बताए । ‘उहाँ र मेरोबीचमा झन्डै २८ वर्ष सहकार्य रह्यो । विभिन्न संघ संस्थासहित थ्री स्टारमा मलाई उहाँले नै प्रवेश गराउनु भएको हो,’ उनले भने, ‘हरेक ठाँउमा मलाई नेतृत्वमा स्थापित गराउने उहाँकै भूमिका रहेको छ । उहाँ मेरा लागि दाजु र अभिभावक हुनुहुन्थ्यो ।’

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले राष्ट्रिय खेलकुद् परिषद् (राखेप) मा सहायक प्रशिक्षकको जागिर जाँदा उहाँकै पहलमा पूर्नवहाली भएको स्मरण गरेका थिए । ‘मैले मात्र होइन खेलकुदका अधिकांश व्यक्तिले उहाँलाई स्मरण गर्छन्, ‘उनले भने, उहाँ अत्यन्तै सहज र सरल मात्र होइन सहयोगी पनि हुनुहुन्थ्यो ।’

हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनाले श्रेष्ठले घरेलु फुटबलमा र एन्फाको संस्थागत विकास एवंम विवाद समाधानमा गरेको योगदानको चर्चा गरेका थिए । त्यसअघि एन्फा पदाधिकारी, थ्री स्टारका पदाधिकारी, एन्फा कर्मचारी, अन्य क्लबका पदाधिकारी, पत्रकारले सातदोबाटोस्थित एन्फा परिषरमा रहेको श्रेष्ठको सालिकमा माल्र्यापण गरेका थिए ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.