default_image

3 years ago

June 12, 2021

एरिक्सन मैदानमा अचेत हुँदा खेल रोकियो

यस समाचारको नयाँ अपडेट आएको छ : होसमा आए एरिक्सन, अस्पताल लगियो पुरानो समाचार : एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत डेनमार्क र फिनल्याण्ड बीच जारि समूह बी को खेल पहिलो हाफमा नै रोकिन पुगेको छ । पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए । बल उनको स्थानसम्म नआउँदै एक्कासी […]

148 views

0 Bookmark

यस समाचारको नयाँ अपडेट आएको छ : होसमा आए एरिक्सन, अस्पताल लगियो

पुरानो समाचार :

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत डेनमार्क र फिनल्याण्ड बीच जारि समूह बी को खेल पहिलो हाफमा नै रोकिन पुगेको छ । पहिलो हाफको ४३ औं मिनेटमा डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन एक्कासी मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदान बोलाएका थिए ।

बल उनको स्थानसम्म नआउँदै एक्कासी ढलेका एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लागिएको छ । डेनमार्कका खेलाडी निकै चिन्तामा देखिन्थे भने केहि खेलाडीको आँसु समेत झरेको थियो ।

फुटबलमा यस्तो घटना पहिलो पटक भएको भने होइन । यसअघि सन् २०१२ मा यस्तै घटनामा बोल्टोन वान्डरर्सका फाब्रिस मुआम्बा मैदानमा एक्कासी लड्दा ७८ मिनेटसम्म मुटुको धड्कन रोकिएपछि पनि ठिक भएका थिए । उनले खेल करिअरबाट भने त्यसपछि संन्यास लिए ।

यूईएफएले यसबारे केहीबेरमा नै औपचारिक धारणा सार्वजनिक गर्नेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.