default_image

3 years ago

June 13, 2021

पोर्चुगलका क्यान्सेलोलाई कोरोना संक्रमण

एजेन्सी – युरोपेली च्याम्पियनसिपको साविक विजेता पोर्चुगलका डिफेन्डर जोआओ क्यान्सेलोलाई कोरोना संक्रमण देखिएपछि प्रतियोगिता गुमाउने भएका छन् । मंगलबार हंगेरीविरुद्ध खेल्नुअघि गरिएको परिक्षणमा क्यान्सेलोको नतिजा पोजेटिभ आएको हो । प्रशिक्षक फर्नान्डो सान्तोसले उनको स्थानमा गत सिजन एसी मिलानबाट खेलेका डिफेन्डर डिओगो डालोटलाई टोलीमा समेटेका छन् । टोलीका अन्य खेलाडीमा भने कोरोना संक्रमण देखिएको छैन । […]

68 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपको साविक विजेता पोर्चुगलका डिफेन्डर जोआओ क्यान्सेलोलाई कोरोना संक्रमण देखिएपछि प्रतियोगिता गुमाउने भएका छन् ।

मंगलबार हंगेरीविरुद्ध खेल्नुअघि गरिएको परिक्षणमा क्यान्सेलोको नतिजा पोजेटिभ आएको हो । प्रशिक्षक फर्नान्डो सान्तोसले उनको स्थानमा गत सिजन एसी मिलानबाट खेलेका डिफेन्डर डिओगो डालोटलाई टोलीमा समेटेका छन् । टोलीका अन्य खेलाडीमा भने कोरोना संक्रमण देखिएको छैन ।

शनिबार गरिएको परिक्षणको नतिजा पोजेटिभ आउने बितिकै क्यान्सेलोलाई आइसोलेसनमा राखिएको छ । उनले अब प्रतियोगितामा सहभागिता जनाउने छैनन् । यस सिजन म्यानचेस्टर सिटीबाट प्रिमियर लिग उपाधि जितेका उनी टोलीको पहिलो रोजाइमा खेल्ने अपेक्षा गरिएको थियो ।

पोर्चुगलले प्रतियोगिताको पहिलो खेलमा मंगलबार हंगेरीको सामना गर्दैछ । बुडापेस्टमा हुने खेलमा पोर्चुगलले डिफेन्समा केहि परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । पोर्चुगलसँगै जर्मनी र फ्रान्स समेत रहेकाले यस समूहलाई ग्रुप अफ डेथ मानिएको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.