default_image

3 years ago

June 13, 2021

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को समूह चरणको बाँकी तीन खेल र इराकसँगको मैत्रीपुर्ण खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राति स्वदेश आइपुगेको छ । तस्बिर सौजन्य : रुपेश अधिकारी, एन्फा सदस्य नेपाली टोली २० दिनपछि आइतबार राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिएको हो । टोली आइतबार बिहान ५ बजे कुवेतबाट […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को समूह चरणको बाँकी तीन खेल र इराकसँगको मैत्रीपुर्ण खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राति स्वदेश आइपुगेको छ ।

तस्बिर सौजन्य : रुपेश अधिकारी, एन्फा सदस्य

नेपाली टोली २० दिनपछि आइतबार राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिएको हो । टोली आइतबार बिहान ५ बजे कुवेतबाट कतारको दोहा हुदै नेपाल आइपुगेको हो । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कतार पुगेका छन् । उनी एक साताको बसाईपछि मात्रै नेपाल आउनेछन् । यस्तै डिफेन्डर रोहित चन्द भने व्यावसायिक फुटबल खेल्न इन्डोनेसिया लागेका छन् । उनी शीर्ष डिभिजन क्लब पर्सिजा जकार्ताबाट खेल्दै आएका छन् ।

नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा नेपाली टोली चार्टर्ड उडानमार्फत नै नेपाल आएको हो । २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोली ११ जेठमा चाटर्ड उडानमार्फत कतारको दोहा हुँदै इराकको बसरा प्रस्थान गरेको थियो । टोलीको आउने जाने हवाई खर्च विश्व फुटबल महासंघ (फिफा) ले बेर्होने एन्फाले यसअघि नै जानकारी दिएको थियो ।

आफ्नै घरेलु मैदानमा हुनुपर्ने खेल कोभिड महामारीका कारण नेपालमा हुन नसक्दा एसियाली फुटबल कन्फेडेरेसनले न्युट्रल भेन्युको रुपमा कुवेत रोजेको थियो । २० दिने भ्रमणमा नेपालले चार खेल खेल्दा १ जित र ३ हारको नतिजा निकाल्यो । मैत्रीपुर्ण खेलमा इराकसँग ६–२ ले पराजित भएको नेपालले छनोटमा चाइनिज ताइपेइलाई २–० ले पराजित गर्दा जोर्डन अष्ट्रेलियासँग समान ३–० ले पराजित भएको थियो ।

यही भ्रमणमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पाँच खेलाडीलाई डेब्यु गराएका थिए । मनिष डाँगी र गौतम श्रेष्ठले इराकविरुद्धको मैत्रीपुर्ण खेलमा डेब्यु पाउँदा आयुष घलान, कमल थापा र सुरज ज्यु ठकुरीले अष्ट्रेलियाविरुद्धको खेलमा डेब्यु गर्ने अवसर पाएका थिए ।

समूह ‘बी’ मा ६ अंक जोडेर चौथो स्थानमा रहेपनि उत्तर कोरियाले छनोटबाट आफ्नो नाम फिर्ता लिएपछि नेपालले सिधै एसियन कपको लागि खेल्ने अवसर गुमाउँदा अब प्ले अफको बाटोबाट एसियन कपको छनोट खेल्नुपर्ने भएको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.