default_image

3 years ago

June 14, 2021

ब्राजिलको सहज जित

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत साविक विजेता ब्राजिलले समूह चरणको पहिलो खेलमा भेनेजुएलालाई ३-० ले पराजित गरेको छ । ब्राजिलको जितमा मार्किन्हस, नेयमार र ग्याब्रिएल बार्बोसाले १-१ गोल गरे । खेलको २३ औं मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले कर्नरमा आएको बल क्लियर हुन नसक्दा ६ यार्ड बक्स भित्रबाट […]

43 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत साविक विजेता ब्राजिलले समूह चरणको पहिलो खेलमा भेनेजुएलालाई ३-० ले पराजित गरेको छ । ब्राजिलको जितमा मार्किन्हस, नेयमार र ग्याब्रिएल बार्बोसाले १-१ गोल गरे ।

खेलको २३ औं मिनेटमा मार्किन्हसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले कर्नरमा आएको बल क्लियर हुन नसक्दा ६ यार्ड बक्स भित्रबाट हुलमुलमा गोल गरेका थिए । पहिलो हाफमा नै ब्राजिलले अग्रता बढाउने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।

कोरोना संक्रमणका कारण भेनेजुएलाका ८ खेलाडीले कोपा गुमाउने भएपछि टोली केहि कमजोर देखिएको थियो । बल पोसेसनमा कमै पकड जमाएको भेनेजुएलाले केहि अवसर सिर्जना गरेपनि ब्राजिलको डिफेन्ससामु निरिह बनेको थियो । दोस्रो हाफमा ब्राजिलले २ गोल थप्दै जित पक्का गरेको हो ।

खेलको ६५ औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारेका थिए । पेनाल्टी क्षेत्रभित्र ड्यानीलिलाई लुइस मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । नेयमारले गोलरक्षकलाई विपरित दिशातर्फ पठाउँदै सहजै गोल गरेका थिए ।

खेलको अन्तिम समयमा ग्याब्रिएल बार्बोसाले नेयमारको असिस्टमा गोल गर्दै जित सुनिश्चित गरे । नेयमारको क्रसलाई बार्बोसाले सहजै गोल गर्दै ३-० को जितसम्म डोर्याएका थिए ।

यस जितसँगै ब्राजिलले समूह ए मा ३ अंक जोडेको छ । यस समूहको अर्को खेलमा आज कोलोम्बिया र इक्वेडर भिड्दैछन् । ब्राजिलले अब अर्को खेलमा पेरुको सामना गर्नेछ भने भेनेजुएलाले कोलोम्बियासँग खेल्नेछ ।

यो पनि : रोमान्चक खेलमा नेदरल्यान्ड्सको जित

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.