default_image

3 years ago

June 14, 2021

मेस्सी – ‘अर्जेन्टिना मेरो भरमा कहिल्यै थिएन’

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सीले अर्जेन्टिना कहिल्यै पनि आफ्नै भरमा मात्र कहिल्यै नरहेको अभिव्यक्ति दिएका छन् । मेस्सीले कोपा अमेरिकामा अर्जेन्टिनाको खेलअघि बोल्ने क्रममा टोलीको तयारी राम्रो रहेको बताएका छन् । क्लब स्तरमा सम्भव सबै उपाधि जितेका उनले राष्ट्रिय टोलीबाट भने उपाधि जित्न सकेका छैनन् । यसपटक उनलाई अर्जेन्टिनाबाट कोपा अमेरिका […]

75 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सीले अर्जेन्टिना कहिल्यै पनि आफ्नै भरमा मात्र कहिल्यै नरहेको अभिव्यक्ति दिएका छन् ।

मेस्सीले कोपा अमेरिकामा अर्जेन्टिनाको खेलअघि बोल्ने क्रममा टोलीको तयारी राम्रो रहेको बताएका छन् । क्लब स्तरमा सम्भव सबै उपाधि जितेका उनले राष्ट्रिय टोलीबाट भने उपाधि जित्न सकेका छैनन् । यसपटक उनलाई अर्जेन्टिनाबाट कोपा अमेरिका जित्दै उपाधि खडेरी तोड्ने लक्ष्य छ ।

‘राष्ट्रिय टोली कहिले पनि मेरो भरमा खेलेको छैन । हामी सधैं एकवद्ध भएर कसरि बलियो प्रदर्शन गर्ने भन्ने लक्ष्यमा हुन्छौं,’ मेस्सीले भने, ‘हामीलाई थाहा छ यदि टोली बलियो छैन भने लक्ष्य प्राप्त गर्न कठिन हुन्छ ।’

‘हामी लामो समयदेखि एकवद्ध भएर सँगै खेलिरहेका छौं । हामीले कोपा अमेरिकाको अनुभव पनि बटुलेका छौं । त्यो अनुभवले पनि प्रतियोगितामा हामीलाई केहि सहज हुन्छ । हामी अहिले प्रशिक्षणमा छौं र मलाई लाग्छ हामी सहि पथमा छौं,’ फरवार्ड मेस्सीले थपे ।

‘राष्ट्रिय टोलीबाट खेल्नु सधैं विशेष हुने गर्छ । चाहे त्यो मैत्रीपूर्ण होस्, छनोट, कोपा वा विश्वकप नै किन नहोस्, सबै क्षण महत्त्वपूर्ण हुन्छ । मैले कहिले पनि राष्ट्रिय टोलीबाट यति धेरै खेल्छु भन्ने सोचेको थिइनँ,’ उनले भने, ‘मैले हरेक दिन यस क्षणमा आनन्द महसुस गरेको छु । म सधैं टोलीका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न तल्लिन छु ।’

अर्जेन्टिनाले सोमबार चिलीविरुद्ध कोपा अमेरिकाको पहिलो खेल खेल्दैछ । अर्जेन्टिना सन् २०१५ र २०१६ को फाइनलमा चिलीसँग नै पराजित भएको थियो । यसपटक प्रतियोगिताको समूह चरणबाट २ टोली मात्र बाहिरिने भएपनि मेस्सीले राम्रो सुरुवात पाउनु महत्त्वपूर्ण रहने बताएका छन् ।

‘हामीलाई महत्त्वपूर्ण जितको खाँचो छ । हामी सुधार गर्ने क्रममा छौं र पहिलो खेलमा जित आवश्यक छ । हामीलाई आउने खेलका लागि यसले मनोबल उच्च पार्छ,’ उनले भने, ‘खेल कठिन हुनेछ । हामी चिलीविरुद्ध फेरी खेल्दैछौं । हामी एक अर्काको बारेमा राम्रोसँग जान्दछौं र खेल प्रतिस्पर्धात्मक हुनेछ ।’

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.