default_image

3 years ago

June 14, 2021

अर्जेन्टिना र चिली भिड्दै

एजेन्सी – कोपा अमेरिका कपको समूह चरणको पहिलो खेलमा लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले चिलीको सामना गर्दैछ । खेल रियो दि जेनेरियोमा नेपाली समयअनुसार मंगलबार बिहान २:४५ बजेपछि सुरु हुनेछ । अर्जेन्टिना चिलीलाई हराउँदै समूह चरणमा सुखद सुरुवात गर्न चाहन्छ । टोलीसँग कप्तान लियोनेल मेस्सीसँगै एन्जल डि मारिया, लोउटारो मार्टिनेज, ड्यानियल पारेडेस, जियोभानी लो सेल्सो, […]

74 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका कपको समूह चरणको पहिलो खेलमा लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले चिलीको सामना गर्दैछ । खेल रियो दि जेनेरियोमा नेपाली समयअनुसार मंगलबार बिहान २:४५ बजेपछि सुरु हुनेछ ।

अर्जेन्टिना चिलीलाई हराउँदै समूह चरणमा सुखद सुरुवात गर्न चाहन्छ । टोलीसँग कप्तान लियोनेल मेस्सीसँगै एन्जल डि मारिया, लोउटारो मार्टिनेज, ड्यानियल पारेडेस, जियोभानी लो सेल्सो, रोड्रिगो डि पउल, मार्काेस एकुना, निकोलस ओटामेन्डी, क्रिस्टियन रोमेरो, गोन्जालो मोन्टिएल र गोलरक्षक इमिलियानो मार्टिनेज रहेका छन् ।

यस्तै सर्जियो अगुएरो, जुआन फोएथ, एन्जल कोरेआ, जोआक्विन कोरेआ र निकोलस ट्याग्लियाफिको पनि टोलीमा रहेका छन् । पछिल्लो दुई खेलमा जित निकाल्न नसकेको अर्जेन्टिना जितको लयमा फकन चहान्छ । अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गतको खेलमा चिली र कोलम्वियाविरुद्धको खेलमा सुरुवाती अग्रता लिएरपनि जोगाउन नसक्दा बराबरी खेलेको थियो ।

यता, चिली पनि अर्जेन्टिनालाई हराउँदै समूह चरणबाट अघि बढ्न चहान्छ । टोलीसँग एलेक्सिस साञ्चेज, इडुआर्डाे भार्गास, आर्टुरो भिडाल, गुइलेर्माे मारिपान, गारी मेडेल, मौरिसियो इस्ला र गोलरक्षक क्लाउडियो ब्राभो रहेका छन् ।

चिलीले पनि पछिल्लो दुई खेलमा जित निकाल्न सकेको छैन । अर्जेन्टिनासँग बराबरीमा रोकिएको चिलीले बोलिभियासँग पनि १–१ गोलको बराबरी खेलेको थियो । अर्जेन्टिना र चिली दुई साताको अन्तरमा दोस्रोपटक भिड्न लागेका हुन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा यि दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

पछिल्लो १० खेलको नतिजामा चिलीले अर्जेन्टिनालाई पराजित गर्न सकेको छैन । यसबीचमा अर्जेन्टिना ६ खेलमा विजयी हुदा ४ खेल बराबरीमा सकिएको छ । यही १० खेल अन्तरगत सन् २०१६ को कोपा अमेरिका कपको फाइनलमा चिलीले पेनाल्टी सुटआउटमा ४–२ को जित निकालेको थियो ।

यो पनि : मेस्सी – ‘अर्जेन्टिना मेरो भरमा कहिल्यै थिएन’

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.