3 years ago
June 14, 2021
एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को खेलमा स्लोभाकियाले पोल्यान्डमाथि जित दर्ता गरेको छ । १० खेलाडीमा सिमित पोल्यान्डलाई स्लोभाकियाले २-१ ले स्तब्ध पारेको हो । खेलको १८ औं मिनेटमा स्लोभाकियाले आत्मघाती गोलको सहाराले अग्रता लिएको थियो । रोबर्ट म्याकले बायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै पेनाल्टी क्षेत्र भित्रसम्म आएर गरेको प्रहार गोलमा परिणत भएको […]
एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को खेलमा स्लोभाकियाले पोल्यान्डमाथि जित दर्ता गरेको छ । १० खेलाडीमा सिमित पोल्यान्डलाई स्लोभाकियाले २-१ ले स्तब्ध पारेको हो ।
खेलको १८ औं मिनेटमा स्लोभाकियाले आत्मघाती गोलको सहाराले अग्रता लिएको थियो । रोबर्ट म्याकले बायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै पेनाल्टी क्षेत्र भित्रसम्म आएर गरेको प्रहार गोलमा परिणत भएको थियो । गोलरक्षक वोजचिएक सेचेज्नीले बल बचाउने प्रयास गर्दा उनलाई लाग्दै बल गोल भएको थियो ।
दोस्रो हाफको पहिलो मिनेटमा नै पोल्यान्डले बराबरी गोल फर्काउन सफल रह्यो । मासिए रिबसको पासलाई क्यारोल लिनेतिले सहजै गोल गर्दै खेल बराबरीमा ल्याए । खेलमा पकड जमाउँदै अग्रता लिने सुरमा कस्सिएको पोल्यान्ड ६२ औं मिनेटमा १० खेलाडीमा समेटियो । मिडफिल्डर ग्रेगोर्ज क्रिकोवियकले दोहोरो पहेंलो कार्ड पाएपछि टोली पुन: दबाबमा परेको थियो ।
६९ औं मिनेटमा स्लोभाकियाले फेरी अग्रता लियो । कर्नरमा आएको बललाई डिफेन्डर मिलान स्क्रिनियारले गोलमा परिणत गरे । पेनाल्टी क्षेत्रभित्र कर्नरको पासलाई नियन्त्रणमा लिँदै उनले डिफेन्डरहरुको बीचबाट गोल गरेका थिए । खेलको अन्तिम समयतिर पोल्यान्डले एकपछि अर्को आक्रमण गरेपनि गोलरक्षक मार्टिन डुब्राभ्काले लगातार बचाउ गर्दै टोलीलाई जित दिलाए ।
यस जितसँगै स्लोभाकियाले समूहमा तीन महत्त्वपूर्ण अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आज स्विडेन र स्पेन भिड्दैछन् ।
त्यसअघि सोमबार नै भएको खेलमा चेक रिपब्लिकले स्कटल्यान्डलाई २–० ले पराजित गर्यो । ह्याम्प्डेन पार्क ग्लास्गोमा सोमबार राति भएको खेलमा चेकको जितमा सिकले दुई गोल गरे । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीले खेलको सुरुवातदेखि नै आक्रमक फुटबल खेलेका थिए ।
१६औं मिनेटमा जाकुव जान्कटोको पासमा प्याट्रिक शिकको प्रहारलाई स्कटल्यान्डका गोलरक्षक डेभिड मार्सलले बचाए । १८औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा लेन्डन डेकेसको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा स्कटल्यान्ड अग्रता लिनबाट चुक्यो । ४२औं मिनेटमा प्याट्रिक शिकले गोल गर्दै चेकलाई अग्रता दिलाए । कर्नरबाट आएको बललाई स्कट म्याकटोमिनेले ब्लक गरेपनि भ्लादिमिर कोउफलले गरेको क्रसलाई प्याट्रिकले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
४७औं मिनेटमा प्याट्रिककै प्रहारलाई गोलरक्षक मार्सलले विफल पारे । लगत्तै ४८औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको प्रहार क्रसबारमा लागेर बाहिरिदा २३ वर्षपछि ठुलो प्रतियोगिता खेलिरहेको स्कटल्यान्ड बराबरीबाट चुक्यो । लगत्तै रोबर्टसनकै पासमा थोमस कालासले राम्रोसँग क्लियर हुन नसकेको बललाई चेकका गोलरक्षक थोमस भाक्लिकले पञ्च गर्दै बचाउँदा स्कटल्यान्ड बराबरीबाट चुक्यो ।
५२औं मिनेटमा प्याट्रिकले दर्शनीय दोस्रो गोल गर्दै चेकको अग्रता दोब्बर पारे । थोमस सौउसेकले काउन्टर अट्याकमा फालेको पासमा ज्याक हेन्ड्रीले गल्ती गरेपछि प्याट्रिकले मैदानको मध्यभागबाटै गोलरक्षक अघि बढेको अवस्थामा गरेको लामो प्रहारले जाली चुमेको थियो । गोलरक्षक मार्सलले बचाउने प्रयास गरेपनि सफल भएनन् ।
६१औं मिनेटमा आम्सट्रङले अवसर गुमाउदा स्कटल्यान्डले गोल अन्तर घटाउन सकेन । लगत्तै ६२औं मिनेटमा डेकेसको सिक्स यार्ड टाढाको प्रहारलाई भाक्लिकले नियन्त्रणमा लिए । ६६औं मिनेटमा डेकेसको प्रहारमा भाक्लिक बाधक बने । ७७औं मिनेटमा स्टेफेन ओडोन्नेलको पासमा स्कट म्याक टोमिनेको भली प्रहार क्रसबारबाट थोरै बाहिरियो ।
८१औं मिनेटमा होलेजेकको पासमा प्याट्रिकले अवसर चुकाउदा उनी ह्याट्रिकबाट चुके । ८४औं मिनेटमा जेम्स फोरेस्टले बोरिलाई बिट गर्दै गरेको प्रहारलाई ओन्ड्रेज सेलुस्ट्काले ब्लक गर्दै गोल टारे । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा माइकल क्रेमेसिकको प्रहारलाई गोलरक्षक मार्सलले बचाए ।
चेकले ११ वर्षपछि स्कटल्यान्डलाई हराएको हो । चेकले पछिल्लोपटक स्कटल्यान्डलाई ९ अक्टोवर २०१० मा युरो छनोटको खेलमा १–० ले पराजित गरेको थियो । त्यसयता यि दुई टोली चारपटक आमनेसामने हुदा चेकले एक खेल बराबरीमा रोक्दा तीन खेल गुमाएको थियो । सन् २०११ मा २–२ गोलको बराबरी खेल्दा त्यसपछि चेकले २०१६ मा १–०, २०२० मा २–१ र १–० ले पराजित भएको थियो ।
यो जितसँगै समूह ‘डी’ मा ३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ३ अंक भएपनि गोल अन्तरमा इंग्ल्यान्ड दोस्रो स्थानमा छ । क्रोएसिया तेस्रो तथा स्कटल्यान्ड पुछारमा छ ।
April 18, 2024
एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए। पछिल्लो साताबाट भने लामा सामाजिक […]