default_image

3 years ago

June 15, 2021

अर्जेन्टिना र चिलीको बराबरी

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत समूह चरणको खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन् । अर्जेन्टिनाले खेलमा दबाब कायम गर्दै अग्रता लिएपनि दोस्रो हाफमा गोल खाएपछि १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाले कप्तान मेस्सीको फ्रिकिक गोलमा अग्रता लिएको थियो । झन्डै २० यार्ड टाढाबाट मेस्सीले गरेको फ्रिकिक […]

52 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत समूह चरणको खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन् । अर्जेन्टिनाले खेलमा दबाब कायम गर्दै अग्रता लिएपनि दोस्रो हाफमा गोल खाएपछि १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाले कप्तान मेस्सीको फ्रिकिक गोलमा अग्रता लिएको थियो । झन्डै २० यार्ड टाढाबाट मेस्सीले गरेको फ्रिकिक प्रहार गोलरक्षक क्लाउडियो ब्राभोले हातले भ्याएपनि पोस्टबाहिर राख्न सकेनन् । लगत्तै लाउटारो मार्टिनेजले अग्रता दोब्बर पार्ने अवसर चुकाए । पेनाल्टी क्षेत्रबाहिर अनमार्क रहेको अवस्थामा उनको प्रहार बाहिरिएको थियो ।

त्यसअघि चिलीका कप्तान ब्राभोले केहि राम्रो बचाउ गर्दै खेल बराबरीमा राख्न सफल भएका थिए । १६ औं मिनेटमा उनले गोन्जालेजको प्रहारलाई विफल पारेका थिए । १८ औं मिनेटमा लो सेल्सोकै पासमा गोन्जालेजको प्रहार सिधै ब्राभोको हातमा पुगेको थियो ।

पहिलो हाफमा एक गोलले पछि परेको चिलीले ५७ औं मिनेटमा खेल बराबरी गर्यो । पेनाल्टी क्षेत्रभित्र निकोलस टाग्लियाफिकोले आर्टुरो भिडाललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । भिडाल आफैंले गरेको पेनाल्टीलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले विफल पारेपनि रिबाउन्डमा एडुआर्डो भार्गास गोल गर्न सफल भएका थिए ।

८० औं मिनेटमा मेस्सीको पासमा निको गोन्जालेजको प्रहार पोस्ट भन्दा थोरै माथिबाट बाहिरियो । त्यसअघि टाग्लियाफिकोको प्रहार पोस्टको दिशा लिन नसक्दा अर्जेन्टिना अघि बढ्न सकेन । इन्ज्युरी समयको पहिलो मिनेटमा मेस्सीको हेडरमा गोलरक्षक ब्राभो बिट भएपनि डिफेन्डर रोकोले क्लियर गर्दै स्कोर बराबरीमा नै राखे ।

यससँगै कोपा अमेरिकाको समूह ए मा अर्जेन्टिना र चिलीले १-१ अंक जोडेका छन् । आज नै हुने समूहको अर्को खेलमा पाराग्वे र बोलिभिया भिड्नेछन् । यस समूहमा उरुग्वे पनि रहेको छ ।

यो पनि : स्पेन स्वीडेनसँग बराबरीमा रोकियो

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.