default_image

3 years ago

June 16, 2021

अष्ट्रेलियाले जोर्डनलाई हरायो

एजेन्सी – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियाले जोर्डनमाथि १-० को जित दर्ता गरेको छ । अष्ट्रेलियाको जितमा डिफेन्डर ह्यारी सुटरले हेडरमार्फत खेलको ७७ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । मिलोस डेगेनेकको कर्नरमा उनले हेडरमार्फत गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । सुटरको यो […]

84 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियाले जोर्डनमाथि १-० को जित दर्ता गरेको छ ।

अष्ट्रेलियाको जितमा डिफेन्डर ह्यारी सुटरले हेडरमार्फत खेलको ७७ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । मिलोस डेगेनेकको कर्नरमा उनले हेडरमार्फत गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । सुटरको यो अन्तर्राष्ट्रिय करिअरको छैटौं गोल हो । उनले हालसम्म ५ खेल मात्र खेलेका छन् ।

यस जितसँगै अष्ट्रेलियाले समूहमा शत प्रतिशत जितको नतिजासहित एसियन कपमा छनोट भएको छ । अष्ट्रेलियाको ८ खेलमा २४ अंक छ । अष्ट्रेलियाको यस जितले जोर्डन र कुवेतबीच दोस्रो स्थानको लागि पनि प्रतिस्पर्धा थप चुलिएको छ । जोर्डन १४ अंकसहित दोस्रो स्थान तथा कुवेत ११ अंकसहित तेस्रो स्थानमा छ ।

कुवेतले अन्तिम खेलमा जित हासिल गरेमात्र पनि गोलअन्तरका आधारमा जोर्डनलाई पछि पार्नेछ । कुवेत र चाइनिज ताइपेइको खेल आज नै केहीबेरमा सुरु हुनेछ ।

नेपाल समूहको चौथो स्थानमा रहने यसअघि नै पक्का भइसकेको छ । नेपालले ८ खेलमा २ जित र ६ हारसहित ६ अंक जोडेको थियो । नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा पुग्न प्लेअफ चरण पार गर्नुपर्नेछ । नेपालसँगै पुछारको चाइनिज ताइपेइ प्लेअफ खेल्नेछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.