default_image

3 years ago

June 16, 2021

रियल, बार्सिलोना र युभेन्ट्सले च्याम्पियन्स लिग खेल्ने

एजेन्सी – युरोपियन सुपर लिगको परियोजनाको बावजुत स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोनासँगै इटालियन क्लब युभेन्ट्सले आगमी सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले यि तीनै क्लबलाई च्याम्पियन्स लिगमा सहभागिताको लागि सम्वन्धित राष्ट्रको फुटबल एसोसिएसनसँगै क्लबलार्ए पनि पत्र पठाएपछि उनीहरुको सहभागिता निश्चित भएको हो । युइएफएले यि तीनै […]

68 views

0 Bookmark

एजेन्सी – युरोपियन सुपर लिगको परियोजनाको बावजुत स्पेनिस क्लब रियल म्याड्रिड र बार्सिलोनासँगै इटालियन क्लब युभेन्ट्सले आगमी सिजनको च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ ।

युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले यि तीनै क्लबलाई च्याम्पियन्स लिगमा सहभागिताको लागि सम्वन्धित राष्ट्रको फुटबल एसोसिएसनसँगै क्लबलार्ए पनि पत्र पठाएपछि उनीहरुको सहभागिता निश्चित भएको हो । युइएफएले यि तीनै क्लबलाई अनुशासनको कारवाहीसँगै च्याम्पियन्स लिग नै खेल्न नपाउने गरि कारवाही प्रक्रिया अघि बढाएको थियो ।

युईएफएले यि तीन क्लबविरुद्ध छानविन गरेको थियो । पछिल्लो साता युरोपियन सुपर लिग कम्पनी (एस)ले म्याड्रिडको अदालतबाट स्वीस कोर्टलाई आदेश दिएपनि युइएफएले उनीहरुलाई कारवाही स्थगित गरेको हो । तर युइएफएले उनीहरुको कारवाही अस्थायी रहेको र यो सिजनको लागि च्याम्पियन्स लिग खेल्न अनुमति दिएको बताएका छन् ।

रियल, बार्सिलोना र युभेन्टससँगै १२ क्लबले गत अप्रिलमा युरोपियन सुपर लिगको घोषणा गरेका थिए । सुपर लिगको घोषणासँगै युइएफएले यसबाट नाम फिर्ता नलिए कडा कारवाही गर्ने चेतावनी दिदा ६ इंग्लिस क्लबसँगै इन्टर मिलान, एसी मिलान र एट्लेटिको म्याड्रिडले सुपर लिगबाट नाम फिर्ता लिएपनि यि तीन क्लबले नाम फिर्ता लिएका छैनन् ।

सुपर लिगका संस्थापक मध्येका एक युभेन्ट्सका अध्यक्ष एन्ड्रिया अग्नेलीले यस महिनाको सुरुमा कोरोना महामारीको यो विकराल अवस्थामा यो लिग कुनै एक कप नभईकन फुटबल उद्योगलाई जोगाउने उपाय भएको बताएका थिए ।

युभेन्टस सिरी ‘ए’ को अन्तिम दिन शीर्ष चारमा रहेर च्याम्पियन्स लिगलदाई छनोट भएको थियो । युभेन्ट्सले प्रशिक्षक आन्द्र पिर्लाेलाई बर्खास्त गर्दा मासिमिलियानो एलेग्रीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनले दोस्रोपटक युभेन्ट्स सम्हाल्न लागेका हुन् ।

रियल म्याड्रिड पनि अर्काे सिजन फरक डगआउटमा उत्रनेछ । क्लबले प्रशिक्षकबाट राजीनामा दिएका जिनेदिन जिदानको स्थानमा क्लबकै पुर्व प्रशिक्षक कार्लाे एन्सेलोटीलाई नियुक्त गरेको छ । बार्सिलोनाले रोनाल्ड कोम्यानलाई निरन्तरता दिएका छन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.